Home » » तेल चोर्दै जमिनमुनि लुकाउँदै, ठूलाे गिराेह संलग्न

तेल चोर्दै जमिनमुनि लुकाउँदै, ठूलाे गिराेह संलग्न

चोरी गरेर जमिनमुनि डिजेल लुकाइएको ठाउँ
चोरी गरेर जमिनमुनि डिजेल लुकाइएको ठाउँ
भैरहवा : नेपाल आयल निगमका ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी गरेर जमिनमुनि लुकाउने अनि अवैध रूपमा बेच्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। रूपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रको संयुक्त टोलीले मंगलबार जिल्लाका दुई ठाउँमा छापा मार्दा यस्तो रहस्य सार्वजनिक भएको हो।
रूपन्देहीको पडसरी गाविसमा चोरी गरेर जमिनमुनि लुकाइएको करिब १७ हजार लिटर डिजेल प्रहरीले बरामद गरेको छ। जमिनमुनि लुकाइएको डिजेलसहित १४ वटा ट्यांकर र १३ जना पनि नियन्त्रणमा लिएको छ। यो धन्दामा आयल निगमका कर्मचारी, चालक तथा स्थानीय व्यापारीसहितको गिरोह संलग्न रहेको आशंका प्रहरीको छ।
नेपाल-भारत नाका बेलहिया हुँदै निगमले ल्याएको डिजेल भलबारी डिपोमा नपु:याई बीचबाटै चोरी गरेर राखेको अवस्थामा फेला परेको हो।
पडसरी-१ का विनोद उप्रेती र रामचन्द्र अधिकारीको जग्गामा निर्माण गरिएको भूमिगत ट्यांकीमा ठूलो परिमाणमा तेल संकलन गरी अवैध रूपमा बेच्ने गरेको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो। तेल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विनोदकी पत्नी बबितालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा चालक नवलपरासीका भरत विक, सिद्धार्थनगर-१ का विजय हरिजन, सिद्धार्थनगर-२ का रामचन्द्र खलिड, सुरज हरिजन, सिद्धार्थनगर-४ का कुलानन्द पौडेल, पीताम्बर गहतराज, गोविन्द मल्लाह, तनहुँका सन्तोष अधिकारी, गुल्मीका वासुदेव भण्डारी, नवलपरासीका अशोक थापा, तनहुँका सुदीप थापा, पडसरीका ध्रुव चौधरी र मकवानपुरका प्रेमबहादुर गर्तौला छन्।
त्यसैगरी प्रहरीले मधवलिया-३ स्थित बिक्की क्षेत्रीको जग्गामा विभिन्न उपकरण प्रयोग गरी तेल चोरी गरिरहेको अवस्थामा तीन हजार ६ सय लिटर डिजेलसहित चारवटा ट्यांकर तथा चालक र सहचालक गरी आठजनालाई नियन्त्रणमा लिएको छ। जग्गाधनी बिक्की भने फरार छन्।
पक्राउ पर्ने चालक र सहचालकमा ना२ख १८४४ नम्बर ट्यांकरका शिव चौधरी, मोहन कँडेल, लु१ख ६४८८ का सुदीप कार्की, पदम थापा, लु१ख ६६१६ का रामचन्द्र चौधरी, प्रकाश महत, लु१ख ८१०३ र लु१ख ८८९१ का राजन चौधरी र राजन रायमाझी छन्।
रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक विक्रमसिंह थापाले पक्राउ गरिएकालाई चोरी अभियोगमा कडा कारबाही गरिने बताए। उनले यसमा ठूलो गिरोह संलग्न भएको र त्यसबारे अनुसन्धान भइरहेको बताए। राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव कृष्ण पौडेलले अख्तियार दुरुपयोग अनुसन्धानको सहयोग लिई आयल निगमका कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने बताए।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf