Home » » महेश बस्नेतको बारेमा टिप्पणी गर्नेले पुर्पुरोमा हात राख्नु पर्ने! नबनियुक्त मन्त्रीको अबिब्यक्ति पुरा विवरण को लागि यहाँ जानुस्

महेश बस्नेतको बारेमा टिप्पणी गर्नेले पुर्पुरोमा हात राख्नु पर्ने! नबनियुक्त मन्त्रीको अबिब्यक्ति पुरा विवरण को लागि यहाँ जानुस्

२८ भदौ, काठमाडौं ।उद्योगमन्त्री बनेका एमाले युवा संगठन युवासंघका अध्यक्ष महेश बस्नेतले आफू मन्त्री भएको विषयमा सामाजिक सञ्जालमा भएका टिका टिप्पणीप्रति आक्रोश पोखेका छन् । आफूलाई नकारात्मक टिप्पणी गर्नेले पुर्पुरोमा हात राखेर पछुताउने दिन आउने उनको भनाइ छ ।
mahesh basnet
मन्त्री भएको भोलिपल्ट शनिबार राजधानीमा आयोजित युवासंघको एक कार्यक्रममा बस्नेतले आफु योग्यता र क्षमताले मन्त्री भएको दावी गर्दै बस्नेतले आफूले कसैको चाकडी गरेर मन्त्री नबनेको दावी समेत गरे ।

आफ्नो विषयमा मिडियामा भ्रम रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले आफूले गरेका काम मात्र बाहिर लैजान र नभएका कुराको प्रचार नगरिदिन आग्रह गरे ।
एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिने मन्त्री बस्नेतले आफुलाई मन्त्री बनेको जानकारी केपी ओलीले नभएर झलनाथ खनालले दिएको बताए ।
युवासंघको सोही कार्यक्रममा एमाले बरिष्ठ नेता झलनाथ खनालले बस्नेतलाई कामको मूल्याङ्कन गरेर नै मन्त्री बनाएको जिकिर गरेका थिए । शुक्रबार मात्र प्रधानमन्त्री सुशील कोइरालाले एमालेको सिफारिशमा कर्णबहादुर थापालाई पदमुक्त गर्दै बस्नेतलाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf