Home » » संमसारको कुन मुलुकमा भूकम्पसगै को उद्गार गर्न गएको छ ? भुकम्प गएको १० मीनेटमा उद्गार हुन सक्छ ? हेरनुस् कति मीनेट भएको रहेछ यहाँ ? ल हेर्नुस भिडियो सहित्

संमसारको कुन मुलुकमा भूकम्पसगै को उद्गार गर्न गएको छ ? भुकम्प गएको १० मीनेटमा उद्गार हुन सक्छ ? हेरनुस् कति मीनेट भएको रहेछ यहाँ ? ल हेर्नुस भिडियो सहित्


काठमाण्डु, १८ वैशाख- शनिबार मध्याह्नको विनाशकारी भूकम्पबाट घर भत्किई चार घन्टासम्म पुरिएका ७३ वर्षीय शुक्रराज श्रेष्ठ एउटा पाल पाउन पनि झगडा गर्नुपर्ने अवस्था आएको बताउछन् ।
“चार घन्टासम्म मृत्युसित सङ्घर्ष गरेर बाँचियो, तर अब पालको ओत पनि नपाएर घाम पानीबाट मरिएला जस्तो छ”, आफूभित्रको पीडा पोख्दै श्रेष्ठले भने ।
पुरिएको ६ घन्टापछि निकालिएकी रवि रञ्जितकारको पीडा पनि यस्तै छ । त्यसो त यो पीडा यी दुईको मात्र होइन । भूकम्पबाट पीडित आम नेपाली अहिले पीडाका साथ जीवन र मृत्युको नवीन सङ्घर्ष गरिरहेका छन् ।
शनिबार मध्याह्नको विनाशकारी भूकम्पबाट पीडित शङ्करापुर नगरपालिकाका स्थानीयवासीले खानलाई केही नदिए पनि ओत लाग्न पालको व्यवस्था गरिदिए सरकारप्रति कृतज्ञ हुने बताएका छन् ।
“खानका लागि हाम्रो खेतभरि आलु छ, तर ओत लाग्नका लागि छत छैन, त्यसैले सरकारले हाम्रा लागि अरू केही गर्नु पर्दैन प्रत्येक परिवारका लागि एउटा पाल दिए पुग्छ”, भूकम्पका कारण सात दिनदेखि साँखुबजारबाहिर खेतमा बस्दै आएका स्थानीय पवनलाल श्रेष्ठले भने ।
ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय र धार्मिक दृष्टिले महत्वपूर्ण साँखुको इतिहासमा विशिष्ट महत्व रहेको छ । वास्तुकला र नेपाली मौलिक संस्कृतिका धरोहर धेरै ढलेर साँखु रित्तो बन्न पुगेको छ । जहाँ नेपाली संस्कृतिको मौलिकता हेर्न देश विदेशका पर्यटक दैनिक आउने गर्दथे ।
“अझै सरकारले ध्यान दिन सके धेरै संरचनाका भाग जोगाउन सकिन्छ र भत्केका संरचना बचाएर फेरि कलात्मक सहरको पुनर्निर्माण गर्न सकिन्छ”, इतिहासविद् प्रकाशमान श्रेष्ठले भने ।
साँखुमा पुरिएका घरबाट स्थानीयवासीको अन्नपात निकाल्न मात्र सकिए पनि सरकारलाई राहत वितरणमा आधा सहयोग पुग्ने स्थानीय महेन्द्रलाल श्रेष्ठ बताए । “सामान निकाल्ने व्यवस्थाका लागि काठमाण्डुका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई आग्रह गर्दा केही व्यवस्था सरकारबाट हुन सकेन, राहत र उद्धारमा कसको नेतृत्व छ भन्ने नै बुझ्न सकिएन”, उनले गुनासो गरे ।
विनाशकारी भूकम्प गएको सात दिन बितिसक्दा पनि फेरि भूकम्प जाने डरमा शङ्करापुर नगरपालिकाका अधिकांश मानिस खाली ठाउँमा बस्दै आएका छन् । खाली ठाउँमा बस्ने कतिको घर ध्वस्त भएको छ भने कतिको घर बस्न नहुने गरी जीर्ण भएको छ । साँखुको ऐतिहासिक पाँच ढोकाभित्रको सांस्कृतिक र धार्मिक सहरका अधिकांश पुराना घर भत्किएका छन् ।
शनिबारकै दिन पुरिएको एक हजार ५ सय कुखुरालाई अहिलेसम्म निकालेर गाड्न नसक्दा साँखु बजारमा दुर्गन्ध फैलिएको छ । यो दुर्गन्धबाट रोगको महामारी फैलन सक्ने भयका कारण स्थानीयवासी आक्रान्त बन्न पुगेका छन् । “विनाशकारी भूकम्पका कारण आत्तिएका हामी फेरि महामारीको भयमा परेका छौँ”, स्थानीयवासी शर्मिला श्रेष्ठले भनिन।
कुखुरा फार्मलाई ढलान घरले थिचेर धेरै कुखुरा एकै ठाउँमा परेकाले डोजर, स्काभेटर लगायतका इक्विपमेन्टबाट मात्र त्यसलाई हटाउन सकिनेमा त्यसको व्यवस्था हुन नसकेकाले सातौँ दिनसम्म केही गर्न नसकिएको उद्धारमा सक्रिय सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक एआर पाठकले बताए । “ठूला डोजर र स्काभेटर लैजाँदा बचेका ऐतिहासिकस्थल पनि ढल्ने खतरा भएकाले साना इक्विपमेन्टको खोजीमा छौँ, तर आजसम्म पाउन सकिएन”– उनले भने ।
काठमाण्डुको दुर्गम सिन्धुपाल्चोकसित जोडिएका पटापजस्ता स्थान पर्ने भएकाले सरकारले सेवासुविधा पु¥याउन नजिकै हुने गरी साँखुमा इलाका प्रशासन कार्यालयको स्थापना गरेको थियो । तर त्यो कार्यालय विपद्को यो घडीमा वैशाख १० गतेदेखि नै बन्द रहेको छ ।
स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाका कर्मचारी पनि वैशाख १० गतेबाटै नदेखिँदा पीडितका घाउमा मलम लगाउने कोही नभएको जीवन श्रेष्ठले बताए । “सबै राजनीतिक दलले एउटा संयन्त्र बनाई त्यसमार्फत राहत र उद्धारका काम सञ्चालन गरे सबैले शान्तिको महसुस गर्थे”, उनले भने ।
भूकम्पबाट हिन्दू र बौद्ध दुवैको आस्थाको केन्द्रका रुपमा रहेको बज्रयोगिनी माईको पुरातात्विक र ऐतिहासिक मन्दिरको सानो मन्दिरलाई केही नभए पनि ठूलो मन्दिर ढल्किएको छ । मन्दिर जाने उकालाको ठूलो ऐतिहासिक घण्ट भत्किएको छ । स्वस्थानी मेला लाग्ने सालीनदीको मन्दिरमा भने असर नपरेको इतिहासविद् श्रेष्ठ बताए ।
साँखुमा निजी क्षेत्रबाट प्रशस्त राहत सामग्री आए पनि पीडितले पाउन सकेका छैनन् । सामग्री लिई आउनेलाई यस स्थानमा को को पीडित भन्ने थाहा नहुँदा जो अगाडि आउँछन् तिनलाई राहत बाँडिदा पीडित भने झन् पीडामा गुम्सिन बाध्य भएका छन् । स्थानीय निकाय नहुनु र पीडितको तथ्याङ्कसमेत नहुँदा पीडितले राहत पाउन नसकेको यस क्षेत्रबाट निर्वाचित सभासद् दीपकप्रसाद कुइँकेल बताए ।
साँखुस्थित भाग्योदय उच्च माविमा दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिले बुधबारदेखि निःशुल्करुपमा भूकम्पपीडितका लागि खाजा र खानाको व्यवस्था गरेको छ । १० दिनसम्म पीडितका लागि निःशुल्क खाजा र खानाको व्यवस्था गरिने समितिले जनाएको छ । भगवती उच्च माविमा मेर्सी मलेसियाले नेपाल रिलिफ शिविर २०१५ बिहीबारबाट सुरु गरेको छ । शिविरबाट भूकम्पपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार सुरु गरिएको छ ।
बिहीबार भूकम्प पीडितको अवस्था बुझ्न साँखु आइपुगे का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्थानीयवासीले भारतबाट आएर राहतको व्यवस्था हुँदा तपाइँले के गर्नुभयो भनी ¥याख्¥याख्ती पारेका थिए । “विदेश र निजी क्षेत्रको राहत सामग्री आइपुग्दा पनि सरकारले केही नगर्दा पूर्वप्रधानमन्त्रीको हैसियत भएका व्यक्ति रित्तै के हेर्न आउनुभयो भनी हाम्रा कुरा राख्यौँ”, पीडित आइतमान तामाङले भने, “काठमाण्डुको नगरपालिकामै यो अवस्था छ भने दूरदराजका स्थानमा के अवस्था होला सहजै अनुमान गर्न सकिन्छ, सरकार निरीह रहेछ।” 

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf