Home » » विश्व स्वास्थ्य संगठनद्वारा जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य संगठनद्वारा जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । जिका भाइरसको संक्रमण रोक्न तथा यसको प्रभावका कम गर्नका लागि अन्तराष्ट्रिय स्तरमा भइरहेका प्रयासलाई तीब्रता दिनुपर्नेमा डब्लुएचओले जोड दिएको छ ।

जिका भाइरसको संक्रमण र यसकाबाट बच्नका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न जेनेभामा बसेको डब्लुएचओको आकश्मिक बैठकले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गर्दै अन्तर्रा्ष्ट्रिय एकीकृत प्रयासका लागि आह्वान गरेको हो । डब्लुएचओले यसअघि अफ्रिकी मुलुकमा फैलिएको इबोला जस्तै जिकालाई पनि स्वास्थ्य आपतकालको घोषणा गरेको हो । यो भाइरस निकै तीब्र गतिमा फैलिरहेको भन्दै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।
यही दरमा भाइरसको संक्रमण हुने हो भने एक वर्ष भित्र उत्तर तथा दिक्षणी अमेरिकामा ४० लाख भन्दा धेरै मानिसमा यसको संक्रमण फैलने खतरा छ । जिका भाइरसका कारण बालकालिकाको मश्तिष्कमा असर पर्ने गरेको छ । यसका कारण मश्तिष्क पूर्ण रुपमा विकास नभएका बालबालिका जन्मिने र उनीहरुको टाउको पनि सानो हुने गरेको छ । यो भाइसरका कारण ब्राजिलमा बढी प्रभाव परेको छ । त्यहाँ मानसिक रुपमा कमजोर चार हजार भन्दा धेरै बालबालिका जन्मिएका छन् ।
डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेपछि अब जिका भाइरस विरुद्धको अनुसन्धान तथा सहयोग प्रक्रिया फास्ट ट्रयाकबाट हुनेछ । डब्लुएचओकी महानिर्देशक मारगरिटा चानले जिका भाइरस असामान्य भएकाले यस विरुद्ध लड्नका लागि विश्वव्यापी रुपमा सहकार्यको खाँचो रहेको बताउनुभएको छ । जिका भाइरसका कारण गर्भमा रहेका शिशुमा बढी प्रभाव पर्ने भएकाले गर्भवती महिलाले तत्कालका लागि संक्रमित क्षेत्रको भ्रमण नगर्ने तथा संक्रमित क्षेत्रमा महिलाले चिकित्शकसँग परामर्श गर्न डब्लुएचओकी महानिर्देशक चानले सुझाव दिनुभएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf