Home » » धन कमाउन साउदी पुगेका ८ युवाहरु अलपत्र

धन कमाउन साउदी पुगेका ८ युवाहरु अलपत्र

लमजुङ, जेठ ९ – चार महिनाअघि धन कमाउन खाडी मुलुक साउदी पुगेका रोल्पासहित विभिन्न जिल्लाका ८ जना युवाहरु अलपत्र परेका छन् । मेनपावरसँग गरिएको सहमतिअनुसार काम नपाएपछि रोल्पा जुँगार–४ निवासी देव बहादुर विक, मस्त बहादुर विक र राजु विक, त्यसैगरी चितवन नारायनगगढ सिबनगर निवासी केशव लामिछाने, चितवन पार्वतीपुरका राजु रोका, राम बहादुर दराई, ईलाम माईपोखरी–१ का हेमनाथ कार्की र कालीकोट वडानखु–७ का काली बहादुर सिंह अलपत्र परेको उनका साथी सल्यानको धनबाङ गाविस निवासी रामु बस्नेतले जानकारी दिएका छन् ।


काठमाडौंको माछापोखरीमा रहेको अल समिति मेनपावरलाई ८० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाएर उनीहरु जनवरी ११ तारिख अर्थात २०७१ पुस २७ गते साउदी अरबको जेद्दा अल तजवन नेशनल फर कन्टाक्टिङ् इष्ट हु“दै कन्ट्याक कम्पनी सुप्रिङ कम्पनीमा पुगेका थिए । पोल्ट्री फर्ममा काम गर्ने भन्दै गएका उनीहरुले केही समय गाईको मासु काट्ने र प्याक गर्ने गरेका थिए । कम्पनीमा ४ महिना काम गरेपनि २ महिनाको मात्र ज्याला पाएको उनीहरुले गुनासो पोखेका छन् । दुई महिनाको मात्र ज्याला पाएका उनीहरुले तलब माग्दा कम्पनीले कामबाट निकाली दिएपछि अहिले अलपत्र परेका हुन् ।
दिनमा एक छाक एउटा रोटी र नुनपानी खाएर जिवन निर्वाह गर्दै आएका उनीहरुले आफुहरुको उद्धार गरिदिन सबैमा आग्रह गरेका छन् । कामबाट निकालिएपछि उनीहरु खुल्ला आकासमुनी बास बस्न बाध्य भएका छन् । रोल्पा नुवागा“उ–८ का हरी रोकामार्फत गएको उनीहरुले बताएका छन् । मेनपावर ऐजेन्टसँग सम्र्पक गरेपनि भोली–भोली भन्दै टारेको रोल्पाका देवबहादुर विकले बताए । आफुहरु भोक–भोकै मर्न लागेको भन्दै उद्धार गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf