Home » » आलुबाट विजुली: एक गेडा आलुले ४० घण्टासम्म बल्ब बल्ने

आलुबाट विजुली: एक गेडा आलुले ४० घण्टासम्म बल्ब बल्ने

एजेन्सी, २ पुस ।
विश्वका लगभग सबैजसो भागमा पाइने सर्वव्यापी
खाद्यपदार्थ आलुले क्यालोरीको हिसाबले संसारका
सबै मानिसको प्राण धानिदिएको छ । तर आलुले केवल
खाद्यपदार्थको रुपमा मानिसको जिवन धान्ने मात्र होइन उर्जा
संकटको समेत समाधान गरिदिने सम्भावना रहेको तथ्य
वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
यद्यपि आफुहरुले विकाश गरेको प्रविधिप्रति विश्वका सरकार तथा
कम्पनीहरुले ध्यान नदिएको भन्दै शोधकर्ताहरुले
निरासा व्यक्त गरेका छन् । इजरायलका वैज्ञानिकहरुले आलुबाट
विजुली निकाल्ने प्रविधिको विकाश गरेका हुन् ।
जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका प्राध्यापक हाइम रबिनोविच
सहितका शोधकर्ताहरुले विकाश गरेको नयाँ प्रविधिबाट एउटा आलुले
४० दिनसम्म बल्ब बालिदिन सक्छ । आलुबाट भरपर्दो तरिकाले
सस्तो मूल्यमै व्यवसायिक स्तरमै विजुली निकाल्न
सकिने सम्भावना रहेको दाबी गर्दै शोधकर्ताहरुले
विजुलीको लाइन नपुगका विश्वका कतिपय क्षेत्रमा
आलुबाट विजुली निकालेर वितरण गर्न सकिनेतर्फ
संकेत गरेका छन् ।
शोधकर्ताहरुका अनुसार आलुसँगै जस्ता तथा तामाको पाताको प्रयोग
गरी विजुली निकालिन्छ । आलुभित्र
रहेको अम्लले तामा तथा जस्तासँग रासायनिक प्रतिक्रिया गर्ने र
त्यस क्रममा जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थमा
जान्छ सो बेला उर्जा पैदा हुने शोधकर्ताले बताएका छन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf