Home » » गृहमन्त्री भन्छन्- ‘बालकृष्ण ढुंगेल फेला परेनन्’

गृहमन्त्री भन्छन्- ‘बालकृष्ण ढुंगेल फेला परेनन्’

bamdev-gautam
लमजुङ्। उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले ओखलढुंगाका हत्या आरोपमा सर्वश्ससहित जन्मकैद सुनाइएका ओखलढुंगाका एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेल अहिलेसम्म फेला नपरेको बताएका छन् ।
पूर्वसभासद ढुंगेल राजधानीमा खुल्लेआम हिडिरहे पनि गृहमन्त्रीले भने लाचारीपन देखाए ।
‘बालकृष्ण ढुंगेलमाथि सरकार र प्रहरीको दृष्टि नपुगेकै हो’, रिपोटर्स क्लव नेपालद्वारा मंगलवार आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्री गौतमले भने, ‘जहिलेदेखि राज्यले पक्राउ गर्ने तदारुकता देखायो, त्यसबेला देखी उनी राज्यको पहूँचबाहिर छन् ।’
सत्य निरुपण तथा मेलमिलापविधेयकपास भइसकेकाले विपक्षीसँगको भागबण्डाका आधारमा बालकृष्णलाई पक्राउ नगर्ने सोच हो कि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यस्तो होइन । हामीले पक्राउ गर्न खोज्दा उनी फेला नपरेका हुन । उनलाई फेलापार्न सकिएको छैन ।’ उनले फेला परेमा कानुन बमोजिमको कार्वाही गरिने पनि बताए ।
केही दिन अघि काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले ढुंगेल आफ्नो अग्निपरिक्षा भएको बताएका थिए । तर, उनले पनि पक्राउ गर्ने विषयमा खासै चासो नदेखाएको पीडित परिवारको भनाइ छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf