Home » » गाउँलेसँग बच्न भाग्दै गरेका लुटेराको मृत्यु

गाउँलेसँग बच्न भाग्दै गरेका लुटेराको मृत्यु


सर्लाही, १८ वैशाख (लमजुङ्) : लुटपाट गरेर भाग्दै गरेका एक लुटेराको मृत्यु भएको छ । सर्लाहीसँग सिमा जोडिएको सिन्धुलीको क्यानेश्वरमा लुटपाट गर्दै गरेका लुटेरालाई गाउँलेले लखेटे पछि भाग्नेक्रममा एक जनाको मृत्यु भएको हो ।
प्रहरीले क्यानेश्वर–८ मा मृतकको शव फेला पारेको छ । शवको सनाखत हुन सकेको छैन ।  क्यानेश्वर–८ का धनबहादुर योञ्जनको घरमा बुधबार राति लुटपाट गरी गाउँलेसँग बच्न भाग्दै गरेका एक पुरुष लुटेर मृत अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता पृथ्वीनारायण ओलीले जानकारी दिए । 
राती १२ बजे ७-८ जनाको समूहमा आएका लुटेराहरुले योञ्जनको घरबाट ७८ हजार रुपैयाँसहित सुनको सिक्री, मंगलसुत्र, सुनको बाला र मोबाइल लुटेर लगेका छन् । 
त्यस क्रममा गाउँलेले लुटेराहरुलाई लखेटेपछि भाग्ने क्रममा सोही समूहका ती व्यक्तिको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 
शव पोष्टमार्टमका लागि मृतकलाई सर्लाहीको सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पतालमा राखिएको र घटनाबारे सिन्धुली प्रहरीलाई खबर गरिएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf