Home » » जण्डिस रोग नियन्त्रण बाहिर गएपछि विद्यालयहरु बन्द

जण्डिस रोग नियन्त्रण बाहिर गएपछि विद्यालयहरु बन्द


बिराननगर, २९ वैशाख (ओएनएस) : जण्डिस रोग नियन्त्रण बाहिर गएपछि बिराटनगरका सबै विद्यालयहरु बन्द गरिएका छन् । कमलपित्त अथवा हेपाटाइटिस ई प्रकोपका रुपमा फैलिदै गएपछि  विराटनगरका विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएका हुन ।
अभिभावकको आग्रह निजी विद्यालय संचालकहरुलबैठक गरेर पाँच दिनका लागि विद्यालय बन्द गरेका हुन् । मंगलबारबाट विद्यालय बन्द हुनेछन् ।  हेपाटाइटिसको प्रकोपले विद्यालयमा अध्ययनरत विद्यार्थी पनि प्रभावित हुने खतरा देखिएपछि मोरङ प्याब्सनले सूचना निकालेर विद्यालय बन्द गरेको हो ।
सूचनामा तत्काल पाँचदिनका लागि विद्यालय बन्द गरिएको उल्लेख छ । जढिडसका कारण विराटनगरमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । सोमबार स्वास्थ्यमन्त्री खगराज अधिकारी सहितको टोली निरक्षणका लागि बिराटनगर पुगेको छ । अस्प्तालको निरिक्षणका क्रममा स्वास्थ्य मन्त्री अधिकारीले जन्डिसको प्रकोप नियनत्रणका लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सहरुलाई विदा नबस्न निर्देशन दिएका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf