Home » » फेसबुकमा आफूलाई गाली गर्नेलाई कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी ल हेर्नुस त एस्तो पनि गृह मात्री रे

फेसबुकमा आफूलाई गाली गर्नेलाई कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी ल हेर्नुस त एस्तो पनि गृह मात्री रे




काठमाडौं । गृहमन्त्री वामदेव गौतमले सामाजिक सञ्जालमा आफ्ना विरुद्ध गाली गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई हटाइएको विषयलाई लिएर फेसबुक लगायतका समाचार सञ्जालहरुमा जभाभावी गाली गरिएपछि गृहमन्त्री गौतमको यो धारणा सार्वजनिक भएको हो ।

बिहीबार साँझ ५ बजे आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले फेसबुकमा अनगिन्ती कमेन्ट र स्टाटसहरु पोष्ट गरिएको प्रति आपत्ति जनाउँदै फेसबुकमा जथाभावी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । गृहमन्त्रालयको साइबर क्राइमविरुद्धको सूचनासहित स्टाटस पोष्ट गर्दै गृहमन्त्री  गौतमले फेसबुकलगायतका सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्ने बताएका छन् । ‘नेपालमा जसरी फेसबुकमा मनपरी गरिन्छ अन्य देशमा यस्तो कमै छ । अझ यूरोप, अमेरिका जस्ता बिकसित मुलुकमा त इन्टरनेट प्रयोगकर्ताको निगरानी गरिन्छ ।

 त्यसरी बेईजति गर्नेमाथि कडा कानुन छ ।,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्,  ‘नेपालमा चाहिँ जसले जे गरिदिएपनि हुने, जे लेखेर बेइज्जति गरेपनि हुने झैं औधी दुरुपयोग हुँदै आएको हो । अब भने यसरी दुरुपयोग गर्नेहरु कारबाहीमा पर्ने भएका छन् । गृहले भविष्यमा हुने दुरुपयोगमात्र होइन कि अहिलेसम्म पोष्ट गरिएका आपत्तिजनक तस्वीरहरु पनि हटाउन आग्रह गरेको छ।’ काठमाडौंका प्रहरी प्रमुख खरेललाई हटाएको विषय र रत्नपार्कमा सडक लेनको डोरी पार गरेको तस्वीरले गर्दा समाजिक सञ्चालमा गृहमन्त्री  गौतमको चर्को आलोचना भइरहेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf