Home » » आखिर पत्ता लाग्यो एड्सको औषधी

आखिर पत्ता लाग्यो एड्सको औषधी

खतरनाक रोगको रुपमा रहेको एड्सको कारक एचआइभी भाइरसको रोकथामको दिशामा वैज्ञानिकहरुलाई सफलता मिलेको छ । अष्ट्रेलियाको आसपासको समुन्द्रको पानीमा पाइने मूंगाको प्रजातिमा पाइने एक किसिमको प्रोटिनले एचआइभीको रोकथाममा मद्दत गरेको पाइएको छ । यो जानकारी एक अध्ययनमा दिइएको छ । यो अध्ययन नेशनल क्यान्सर इन्स्टिच्युको बेरी ओ किफेको नेतृत्वमा गरिएको थियो । अध्ययनको नतिजालाई एक्सपेरिमेन्टल बायोलोनीको स्यान डिआगोमा भएको वार्षिक बैठकमा पेश गरिएको छ ।
‘क्यानिडरिन्स’ नामको प्रोटिन उत्तरी अष्ट्रेलियाको तटबाट जम्मा गरिएको मूंगामा पाइएको छ । नेशनल क्यान्सर इन्स्टिच्युटमा हजारौँ जैविक अभिलेखहरु जाँचिसकेपछि अनुसन्धानकर्ताहरुले यो प्रोटिनप्रति ध्यान केन्द्रित गरे । ओ किफेले भने, ‘तथ्य यो हो कि यो प्रोटिन एचआइभी संक्रमणको रोकथाममा प्रभावकारी साबित भयो र यसले नयाँ तरिकाले यो काम गर्दछ जसले वास्तवमा नै सबैलाई चकित गर्दछ ।’
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf