Home » » हस्तलिखित राहदानीलाई पनि स्वीकृति,डिसेम्बरसम्म को लागि

हस्तलिखित राहदानीलाई पनि स्वीकृति,डिसेम्बरसम्म को लागि

काठमाडौ, जेष्ठ २ - वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको 'जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने' निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको छ ।

विभागको निर्णयबाट आप्रवासी कामदार समस्यामा परेपछि मन्त्रालयले बिहीबार डिसेम्बरसम्म हस्तलिखित राहदानीमा समेत श्रम स्वीकृत दिने निर्णय गरेको हो ।

मन्त्रालयले नयाँ श्रम स्वीकृत लिएर जाने कामदारलाई एमआरपी र बिदा वा काम विशेषलाई स्वदेश आएर फर्किनेलाई पुरानै राहदानीमा श्रम स्वीकृति वा नवीकरण गरिदिने निर्णय गरेको हो । 'ढिलो-चाँडो एमआरपीमा नगई नहुने भएकाले नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई भने एमआरपी चाहिने भनेका छौं,' मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले कान्तिपुरलाई भने ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को निर्णय अनुसार नोभेम्बर २४, २०१५ (२०७२ मंसिर ८) सम्म हस्तलिखत राहदानीको म्याद छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf