Home » » के हो टन्सिल र टन्सिल के कारणले हुन्छ जानौ???

के हो टन्सिल र टन्सिल के कारणले हुन्छ जानौ???

टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने,
थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय
यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ
हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन
प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ ।
मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय
प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने
व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य
ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस,
स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।
टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ । विस्तारै लिम्फो
इड
तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ ।
यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने
त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु
भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर
टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ ।
यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस
टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै
नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।

लक्षण
सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न
गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ ।
विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ
तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ ।
पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै
लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन् ।

उपचार
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु
पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार
औषधि सेवन गर्नुपर्छ ।
टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने
हुन्छ ।
टन्सिल दुई प्रकारका हुन्छन् । पहिलो एक्युट अर्थात संवेदनसिल
टन्सिल दास्रो दीर्घ टन्सिल । एक्युट टन्सिलाइटिस
दीर्घ टन्सिलाइटिसमा परिणत हुन सक्छ । यो संक्रमण
फैलिएर घाँटी तथा स्वर यन्त्रसम्म पुग्न सक्छ । टन्सिल
भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण
कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस,
टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस
हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र
शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ

सख्त टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ
प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार
घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म
पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण
भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस)
अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ ।
यसमा दोहोरी–
दोहोरी घाँटी दुख्ने,
घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख
गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने
गर्छ । परीक्षण गर्दा टन्सिलहरु
आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र
बढी रातो देखिन्छन् ।
घाँटीका लिम्फग्रन्थीहरु पनि बढेका हुन्छन्


उपचार
नाकको र पिनासको उपचार नगरेसम्म टन्सिलाइसिटको मात्र औषधि खाएर
निको हुँदैन । एन्टिबायोटिक र एन्टिहिस्टामिनाको औषधि दिइन्छ । नुन
पानीले कुल्ला गर्ने र औषधि सेवन गर्नुपर्र्छ । यदि कुनै
पनि टन्सिलले बराबर दुख दिइरहेमा वर्षमा ५
पटकभन्दा बढी भएमा टन्सिलेक्टोमी गरिन्छ ।
बालबालिकलाई अरु भित्रि असर नहोस भनेर
चिकित्सककको सल्लाहमा इन्जेक्सन दिइन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf