Home » » ल हेर्नुस त एउटै भालेको मुल्य ५० हजार !

ल हेर्नुस त एउटै भालेको मुल्य ५० हजार !

 ल हेर्नुस त एउटै भालेको मुल्य ५० हजार !

पोखरा ७, जेठ (ओएनएस) : सामान्यतया एउटा कुखुराको भालेको मुल्य कति पर्ला ? एक हजार ,दुई हजार या तीन हजार ? तर कास्कीको लेखनाथका एक कृषकले पालेको कुखुराको भालेलाई भने पचास हजार रुपैया तिर्छु भन्दा पनि ग्राहकले पाएनन् ।  
अनुसन्धान मुलक कुखुरापालनमा लागेका लेखनाथ डाडाँको नाकका राजेन्द्र अधिकारीले सुरु गरेको लेखनाथ पोल्ट्रि ब्रिडीङ फार्ममा रहेको एउटै भालेलाई त्यति ठुलो रकम दिँदापनि विक्री नगरेका हुन् । १० वर्ष उमेरको भालेको नामसमेत अधिकारीले राखेका छन् । उक्त भालेको नाम “ठुटे” भनि जुराइएको छ । पचास हजार रुपैया मोल पर्दा समेत विक्रि हुन नसकेको ‘ठुटे’ नामको भाले कस्तो होला अहिले सबैको चर्चाको विषय बनेको छ । 
मान्छेजस्तै व्यवहार
‘ठुटे’को विशेषताकै कुरा गर्ने हो भने पनि अपत्यारीलो लाग्न सक्छ आम मानिसलाई तर सत्य त्यहि हो ठुटेले आफुसंगै भएका अन्य चल्लाहरुलाई रेखदेख गर्छ र चर्नपनि सिकाउँछ । त्यतिमात्रै होईन ‘ठुटे’ आफुहरुसंगै भएका चल्लाहरुमाथी कहिँकतैबाट आक्रमण या असुरक्षित महशुस भयो भने तत्कालै मानिसलाई खबर समेत गर्छ । ठुटेले यो व्यवहार भने आफुले पनि तालिमबाटै सिकेको हो ।
उक्त भाले ‘ठुटे’लाई यस किसीमको शिक्षा र तालिम कुखुरापालक अधिकारी स्वयंले दिएका हुन् । अधिकारीका अनुसार ठुटेलाई तालिम दिन मात्रै दैनिक एक सय पचास रुपैया भन्दा बढी खर्च हुने गरेको छ । उनले भने –“यसलाई अन्य चल्ला र कुखुराको सेक्युरीटी गार्डका रुपमा पालिरहेको छु त्यसैले दैनिक एक सय पचास रुपैया खर्च पनि गरीरहेको छु ।” 
''ठुटेको अर्को विशेषता पनि छ”–अधिकारीले थपे “कहिलेकाहिँ चल्लाहरुले दाना खाएनन् भने ठुटेलाई जिम्मा दिएको खण्डमा जसरी पनि दाना खान लगाउँछ ।” “अधिकारीले पालेका अधिकाँश कुखुरा जङगली जातका भएकाले कहिलेकाँहि जङगलतिरै भाग्न खोज्छन् ,तर ठुटेले रोक्छ”–उनले भने ।
२३ प्रजातीका कुखुरा एउटै फर्ममा
अधिकारीको फर्ममा अहिले २३ प्रजातीका कुखुरा रहेका छन् । बनराजा ,बनकुखुरा क्रश ,जंगली लुइचे क्रश ,गिरिराज क्रश , गिरीराज ह्याबी ,हरियाणाको बनराजा र नेपाली बनकुखुरा क्रस ,मयुर कुखुरा  ,घाटी खुइले ,टर्की हब्र्ड प्रजाती लगायतका कुखुरा उनीसंग छन् । “यी सबैको रेखदेख गर्ने भएकाले नै यतिधेरै मेहनतका साथ एउटा भालेलाई तालिम दिएरै पालेको हुँ”– अधिकारीले भने । नयाँ जातको र आम जनतालार्ई स्वस्थ्य मासु खुवाउने उदेश्यका साथ जङगली र अन्य जातका कुखुराबिच क्रस गराएर नयाँ जातका कुखुरा अधिकारीले आफ्नै फार्ममा उत्पादन गर्दै आएका छन् ।
‘ठुटे’ पनि भारतस्थित हरीयाणाको जङगली कुखुरा र नेपालको रातो बनकुखुराबाट निकालिएको क्रस जात नै हो । विभिन्न विशेषताकै कारणले कति ग्राहकहरु घरमा र तारे होटेलहरुमा पालेर प्रर्दशनी गर्नकै लागी मात्रै पनि हजारौ रुपैया तिर्न तयार हुन्छन् तर ठुटेलाई नबेच्ने अधिकारीको अहिलेसम्मको अडान कायम नै छ । “ब्याडेको रुपमा पनि काम गरेको छ र साथसाथै फर्मको ‘कमाण्डर’को जिम्मेवारी पनि निभाएको छ । त्यसैले यसलाई बेच्दिन ।” 
हेर्न जानेहरुको भिड
अधिकारीको फार्ममा ‘ठुटे’ सहितका अन्य कुखुरा हेर्ने र चल्ला किन्न जानेहरुको भिड बढन थालेको छ । व्यापारीक हिसाबले पनि कहिले काही्ँत एकै दिन तीन हजार भन्दा बढी चल्ला विक्रि हुने गरेको छ अधिकारीले भनाईछ । उनको फार्ममा १ किलोग्रामको लुइचे देखि १८ किलोग्राम सम्म हुने ‘हब्र्ड’ जातको कुखुराहरु रहेका छन् ।
कुखुरापालनलाई अनुसन्धानमुलक समेत बनाएका अधिकारी रोगप्रतिरोधात्मक चल्लाहरु उत्पादन गर्नुका साथै अन्य कुखुरापालकहरुलाई आबश्यक सल्लाह सुझाब समेत दिने गरेका छन् । एक करोडभन्दा बढीको लगानीमा फार्म सञ्चालन गरेका अधिकारीले नेपाली हावापानीमा टर्कीको ब्यबसायीक पालन गर्ने गरि चल्ला उत्पादन समेत गराएका छन् । त्यस्तै आफ्नो फार्मममा भएका कुखुराका प्रजातीहरु  सर्वसुलभ मुल्यमा अन्य किसानहरुलाई पनि उपलब्ध गराउँदै आएका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf