आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो । त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। आँखालाई सधै स्वास्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्व युक्त खाना खाने गर्नु पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी स्वस्थ्य रहन सकिन्छ। आउनुस पढ्नुस आँखालाई स्वस्थ्य राख्ने तरिका र तिनका फाईदाहरु...
१) हरियो सागसब्जी र फलफुल
हरियो साग सब्जी अनि फलफुलहरु जस्तै साग,धनिया हरियो लसुन ,हरियो तरकारी र फलफुल सधै खाने गर्नु पर्छ । यस्ले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ। हरियो तरकारी र फलफुलमा केरोटीनाइड मिल्दछ यसले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ।
२) भिटामीन युक्त खानेकुराः
भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतिबिन्दुबाट पनि सधैका लागि मुक्त गराईदिन्छ।
३) बदामः बदाममा भिटामीन पाईने हुँदा राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ ।

