काठमाडौं,असार१२–भारतबाट उच्च विषादीयुक्त तरकारी आयात भइरहेको प्रयोगशाला परीक्षणले देखाएको छ ।कालिमाटी फलफूल तथा तरकारी बजारले विभिन्न ठाउँबाट बिक्रिका लागि ल्याइएका तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा यस्तो नतिजा आएको हो ।
असार ४ गतेदेखि १० गतेसम्म कालिमाटी बजारमा तरकारी परीक्षण गर्दा भारतबाट आयातीतमा विषादीको मात्रा (निषेध दर) ९० भन्दा माथि रहेको कृषि मन्त्रालयले जनाएको छ । यो तोकिएको मापदण्डको तुलनामा दोब्बरभन्दा बढी हो ।
सरकारी मापदण्ड अनुसार तरकारी तथा फलफूलमा विषादीको निषेधदर ३५ भन्दा बढी हुनुहुँदैन । विश्व स्वास्थ्य संगठनले त ३० सम्मको तरकारीलाई मात्र खान योप्य मानेको छ । नेपाली उत्पादनमा भने निषेध दर ३४ रहेको प्रयोगशाला परीक्षणले देखाएको छ ।
‘६ दिनमा ३० प्रकारका तरकारीको विषदी परिक्षण गरियो’मन्त्रालयका सहसचिव मोहन चापागाईंले भने,‘भारतबाट आयात भएका अधिकांश तरकारीमा उच्च विषदी मिसाइएको फेला परेको छ।’आजको नागरिक दैनिकमा खबर छ