Home » » ल हेर्नुस त नेपालि नगरिग को सुरक्ष्य रात्रि बसका स्टापहरुनै चोरीमा संलग्न केहि गर्न नदिने भयो अब

ल हेर्नुस त नेपालि नगरिग को सुरक्ष्य रात्रि बसका स्टापहरुनै चोरीमा संलग्न केहि गर्न नदिने भयो अब

busसिरहा, ३ असार । सिरहामा लामो दूरीका रात्रि बसमा चोरीका घटना बढ्न थालेपछि यात्रुहरु हैरान हुन थालेका छन् ।
चोरी भएको सामान खोजीका लागि यातायात सञ्चालक र प्रहरीलाई जानकारी गराउँदा आफ्नो सामान आफैँले सुरक्षित गर्नु पर्दैन भन्दै उल्टै धम्काउने गरेको यात्रुहरु बताउँछन् ।
लहान नगरपालिका– ६ का निर्मल राउतका अनुसार काठमाडौंबाट गाईघाट चल्ने ना ४ ख ९०४३ नम्बरको एस एन्ड एस रात्रि बसबाट लहानसम्म आउँदा बाटोमै झोलाबाट ७० हजार मूल्य बराबरको ‘ल्यापटप’ चोरी भएको बताए ।
बाटोमा खाजा र खानाका लागि बस रोकिएको दुई ठाउँमा आफू ओर्लेको र त्यसबीचमा ब्याग खोलेर सामान चोरी भएकाले गाडीकै स्टाफले चोरी गरेको यात्रु राउतको भनाइ छ ।
लहान आइपुगेका यात्रुले आफ्नो सामान चोरी भएको बारे बसका सञ्चालक र प्रहरीमा समेत जानकारी गराएको तर सामान भने अझै नभेटिएको पीडित राउतले गुनासो गरे ।
यसै सम्बन्धमा एस एन्ड एस बसका सञ्चालक सनद बस्नेतले आफूकहाँ सो घटनाको बारेमा जानकारी आएकाले सोधपुछ गरिने बताए ।
उता घटनाको जानकारी प्रहरीमा आएलगत्तै प्रहरीले सामान खोजबिन गरिरहेको तर फेला पर्न नसकेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाको भनाइ छ । उनका अनुसार रात्रि बसमा चोरी भएको भन्दै पीडितले उजुरीसमेत हालेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf