Home » » बन्दागोभीको औषधीय महत्त्व फोटो सहित

बन्दागोभीको औषधीय महत्त्व फोटो सहित

काउली र ब्रोकाउली परिवारको सदस्य बन्दागोभी स्वादिलो खाद्य वस्तु त हो नै यसलाई औषधिको रूपमा लिने गरिएको छ ।  प्राचीन ग्रीसमा कब्जियत वा विषालु च्याउ खाएको अवस्थामा उपचारका लागि बन्दागोभी वा त्यसको जुस खाने गरिन्थ्यो ।  यसैगरी, प्राचीन इजिप्टवासीले वाइनको विषाक्त प्रभाव कम गर्न खाना पहिले बन्दागोभी खाने गर्दथे ।

पहिलो विश्वकपमा लडाइँ गर्दा ब्रिटिसले मोर्चामा बन्दागोभी लैजाने गरेको इतिहासले देखाउँछ ।  किनभने पैतलामा परेको घाउ र अन्य ठाउँमा उत्पन्न अल्सरको उपचारमा बन्दागोभी प्रभावकारी हुने विश्वास उनीहरूको थियो ।  यसले के देखाउँछ भने प्रचीनकालदेखि बन्दागोभीलाई औषधीय महìव दिइएको छ ।  सबै प्रकारका बन्दागोभीमा रोगसँग लड्न शरीरलाई सहयोग पु¥याउने तत्व हुन्छन् ।  रातो होस वा सेतो बन्दागोभी तिनीहरूमा रोगविरोधी तत्व पोलिफेनोल र ग्लुकोसिनोलेट्स प्रचूर मात्रामा पाइन्छ ।  सन् २०१३ मा एसिया प्यासिफिक जर्नल अफ क्यान्सर प्रिभेन्सनमा प्रकाशित एक अनुसन्धानको विवरणमा जनाएअनुसार शरीरमा अक्सिडेटिव स्ट्रेसका कारणले उत्पन्न हुने क्यान्सर, कोरोनरी आर्टरी डिजजलगायतका खतरनाक रोगलाई रोक्न आवश्यक पर्ने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी गुण बन्दागोभीमा हुन्छ ।  तथापि रातो बन्दागोभीमा अन्य भन्दा अधिक एन्टिअक्सिडेन्ट पाइन्छ भने हरियो बन्दागोभी एन्टिइन्फ्लामेटरी गुणको प्रमुख स्रोत हो ।  सन् २००८ मा प्रकाशित एक अनुसन्धानले मुसामा बन्दागोभीको परीक्षण गर्दा मुधमेहमा बन्दागोभी फाइदा पुग्ने तथ्य फेला परेको थियो ।  अनुसन्धानअनुसार मुसालाई ६० दिन सम्म रातो बन्दागोभी खुवाउँदा तिनीहरूको रगतमा ग्लुकोजको मात्रा घटेको तथा मिर्गौलाको कार्य राम्रो हुनुका साथै तौल पनि कम भयो ।  बन्दागोभीमा हुने एन्टिअक्सिडेन्ट र एन्टिहाइपरग्लेसेमिक गुणका कारणले नै त्यसो भएको निस्कर्ष अनुसन्धान टोलीको छ ।
फाइबरको एक राम्रो स्रोत भएकाले बन्दागोभी खाएमा पाचन प्रणाली सुदृढ हुने र फटाफट पाचन हुने भएकाले आन्द्रामा ग्लुकोज अवशोषण गति सुस्त भएर मधुमेह रोगीलाई फाइदा पुग्छ ।  भिटामिनको सन्दर्भमा कुरा गर्दा बन्दागोभीमा भिटामिन सी र के पर्याप्त मात्रामा पाइन्छ ।  पकाएको एक कचौरा हरियो बन्दाले हामीलाई दैनिक चाहिने भिटामिन सी को ४७ प्रतिशत आपूर्ति गर्छ ।  त्यसमा हामीलाई दैनिक आवश्यक मात्रा भन्दा बढी अर्थात १०२ भिटामिन के हुन्छ ।  एक प्रमुख एन्टिअक्सिडेन्ट भएकाले भिटामिन सीद्वारा शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।  यसले छाला र रौँ पनि राम्रो बनाउँछ ।  यसैगरी, भिटामिन के हड्डीको स्वास्थ्यका लागि उपयोगी छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf