Home » » क्यान्सरबाट बच्नु छ भने विवाह गर्नुहोस् पुरा विवरण पढ्नको लागि तलको लिंक मा क्लिक गर्नु होला

क्यान्सरबाट बच्नु छ भने विवाह गर्नुहोस् पुरा विवरण पढ्नको लागि तलको लिंक मा क्लिक गर्नु होला


क्यान्सरसँग बच्नका लागि एउटा नयाँ उपचार पद्धतिको पत्ता लागेको छ । विवाह गर्नाले पनि क्यान्सरजस्तो भयानक रोगबाट मुक्ति पाउन सकिने बताइएको छ । बाल्टिमोरको स्टिवर्ट ग्रीननीबम क्यान्सर सेन्टर र मेरील्याण्ड मारलिन विश्वविद्यालयको एक शोधका अनुसार फोक्सोको क्यान्सर भएका विवाहित बिरामीहरु विवाह नगरिएका बिरामीहरुभन्दा लामो समयसम्म बाँच्ने तथ्य पत्ता लागेको छ । प्रोस्टेट, मस्तिष्क र घाँटीजस्ता क्यान्सहरुको लागि पनि विवाहले फाइदा पुराएको हुन्छ । अध्ययनकर्ताहरुले फोक्सोको क्यान्सरको एक सामान्य रुप तेस्रो चरणको ‘नन स्मद सेल लंग्स’ क्यान्सरका १६८ बिरामीहरुको अध्ययन गरेका छन् । यी बिरामीहरुको विगत १० वर्षदेखि केमोथेरापी र विकिरणबाट उपचार चलिरहेको थियो । अध्ययनमा १० प्रतिशत अविवाहित बिरामीहरुको तुलनामा ३३ प्रतिशत विवाहित बिरामीको तीन वर्षपछिसम्म पनि जिवित रहेका थिए र उनीहरुमध्ये पुरुषको तुलनामा महिलाहरुमा राम्रो नतिजा देखिएको थियो । विवाहित महिलामा तीन वर्षसम्म बाँच्ने दर ४६ प्रतिशत रह्यो जबकि अविवाहित मानिसहरुमा केवल तीन प्रतिशत मात्र रहेको पाइयो । अध्ययनकर्ता एलिजाबेथ निकोलसले भनिन्, ‘वैवाहिक स्थिति बिरामीहरुको बचाउमा महत्वपूर्ण भूमिक खेल्ने गर्दछ । यसको कारण त अहिलेसम्म पत्ता लागेको छैन तर सामाजिक मद्दतका कारण यस्तो भएको हुनसक्छ जसले हौसला बढाउने गर्दछ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf