Home » » डाक्टर दिक्षित भन्छन्, एकजना मात्र इबोला रोगी आए पनि नेपाल ध्वस्त हुन्छ

डाक्टर दिक्षित भन्छन्, एकजना मात्र इबोला रोगी आए पनि नेपाल ध्वस्त हुन्छ


Ebola-virus-pink-jpg

काठमाडौं, साउन २८ – वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले ईबोला भाईरस डिजिज अत्यन्तै खतरनाक रोग भएको भन्दै तुरुन्त यसको रोकथाम गरिएन भने पुरै नेपाल ध्वस्त हुने ध्यानाकर्षण गराएका छन् । उनले यसलाई रोक्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने बताएका छन् । उनले यो रोग नेपाल भित्रिने खतरा प्रवल भएको बताउँदै यसको रोकथामका लागि सरकारले आवश्यक पहल कदमी चालिहाल्नुपर्ने सुझाव दिएका छन् । उनले भने, नेपालमा एउटा मात्रै बिरामी भित्रियो भने पुरै नेपाल नै ध्वस्त हुन्छ ।’ नेपाल सुरक्षित हुनका लागि राज्यका सबै संयन्त्रहरु तत्काल यो अभियानमा लाग्नुपर्ने सुझाव दिँदै दिक्षितले दुई चार दिन संसद स्थगित गर्दा केही फरक पर्दैन ।’ उनले यसका लागि सरकारले तत्कालै कडा नीति लिन पनि आग्रह गरे । उनले भने, यो रोग लागेपछि त्यसको कुनै उपचार नभएकाले यसबाट बच्नका लागि तत्कालै सरकारले ध्यान दिनुपर्छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले पश्चिम अफ्रिकाबाट विश्वभर फैलिएको उक्त ईबोला भाइरस रोगको प्रभाव नेपालमा पनि पर्ने भएकाले सरकारले यसको रोकथामको लागि सबै संयन्त्र प्रयोग गरिसकेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले सात दिन अगाडि नै विश्व स्वास्थ्य आपतकालिन घोषणा गरिसकेको छ । यसको नियन्त्रणका लागि सरकारले सबै नाकाहरुमा हेल्थ डेस्क राख्ने निर्णय गरिसकेको पनि जानकारी दिए । मन्त्री अधिकारीले भने–यो रोग नेपाल भित्रिने सबैभन्दा खतरा भनेको पश्चिमी अफ्रिकी मुलुकबाट नेपाल भित्रिने नेपालीहरु र विदेशी पर्यटकका कारण हो, त्यसको लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेक अप गर्छन् । उनीहरुको स्वास्थ्य परिक्षण गर्दा उक्त रोगको संक्रमण देखियो भने उनीहरुलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्छौ । यो भाईरसको आयु भनेको २१ दिनको हो, त्यसैले तीन हप्तासम्म सतर्कता अपनाउन जरुरी छ । उनले यो रोग नियन्त्रणका लागि बजेटको अभावमा नियन्त्रणका कार्यक्रमहरु नरोकिने बताउँदै देशव्यापी जनचेतना फैलाउन ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयमा ईपिडोमोलोजी विशेषज्ञहरु खटाईसकेका बताए । सरकारले संक्रमित मुलुक लाइवेरिया, नाइजेरिया, पश्चिम अफ्रिकी मुलुक नजान पनि नेपालीहरुलाई अनुरोध गरेका छन् । मन्त्री अधिकारीका अनुसार सरकारले आपूर्ती मन्त्रालयलाई पनि संक्रमित मुलुकबाट मासुजन्य पदार्थको आपूर्ती नगर्न पनि आग्रह गरेको बताए । नेपाल सरकारले मात्रै यो रोगको नियन्त्रण गर्न नसक्ने भएकाले नेपालस्थित विश्व स्वास्थ्य संगठनलाई पनि आग्रह गरिने बताइएको छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf