नेपालकि साहसी छोरी सुलोचना थिङ् तामाङ्
१५ बर्ष अघि शरीरमा आगो लागेर मरणसम्म भए पनि सुलोचना थिङ् तामाङ् आत्मबल बलियो बनाई नेपाल वानमार्फत आफ्नो सिर्जना देखाउन अघि बढीन ! सुलोचना नेपाल टिभी टु हिमालय टिभी हुदै अहिले केबुलमै रहेको च्यानल नेपालमा एक्जुकेटिभका रुपमा कार्यरत छिन्! घर परिवार सम्हाल्दै यस क्षेत्रका अनेक गतिविधिमा सक्रिय सुलोचनाले स्क्रिप्ट लेखन पत्रकारिता प्रशिक्षक् तथा भिडियो निर्देशकका रुपमा आफुलाई स्थापित गरिसकेकी छिन ! कर्णदास, अन्जु पन्त ,सपना श्री आदि गायक-गायीकका म्युजिक भिडियो बनाइसकेकी सुलोचनाले केहि डकुमेंन्त्री पनि तयार परेकी छिन भने अहिले उनि ठुलोपर्दा को चलचित्र निर्देशन गर्ने तयारीमा छिन ! परिवार बाट सक्दो सहयोगका कारण आगलागीको घटनाबाट रिकभर हुनु उनलाइ सहज भयो तर सहयोग नपाएका पिडितहरुका लागि सहयोग तथा आवनसका कार्यक्रम चलाईरहेकी छिन भने स्वयाम्भुको एक स्कुलमा बालबालिकाको पठनपाठनमा सहयोग पनि गरिरहेकी छिन !


