सर्च इन्जिन तथा लोकप्रिय सामाजिक सञ्जाल गुगलमा तपाइँको स्मार्ट फोन हराएमा खोज्न सघाउने एप्लिकेसन समेत छ । तर यसबारेमा धेरैलाई जानकारी छैन । स्मार्ट फोन हराएमा वा कतै छोडिएमा गुगलको यो एप्लिकेसनले त्यसलाई खोज्न सहयोग गर्छ र इन्टरनेटबाटै त्यसमा रहेका डाटा मेटाउन सकिन्छ ।
एण्ड्रोइड डिभाइस म्यानेजर नामक यो एप्लिकेसनले फोन हराएको समयमा यसमा घण्टी बजाउन समेत सक्ने सुविधा दिएको छ ।
पछिल्लो पटक बजारमा आएका अधिकाँश एण्ड्रोइड मोबाइलमा यो एप्लिकेसन राखिएको नै छ । पुराना फोनमा समेत गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
तपाइँले गुगल अकाण्ट साइन इन गर्ने वित्तिकै एण्ड्रोइड स्मार्टफोन वा ट्याबलेटबाट सबै डाटा गुगल प्ले हुँदै एण्ड्रोइड म्यानेजरमा पुग्ने गर्छन् ।
एण्ड्रोइड म्यानेजर कसरी प्राप्त गर्ने ?
जिमेल अकाण्टमा जानुस् । दायाँ पट्टी माथि देखिने नौ बटा बक्स भएको चिन्हमा क्लिक गर्नुस् । तपाइँको गुगल प्लस प्रोफाइल आइकनको तल पट्टी रहेको सानो गियर बटनमा क्लिक गर्नुस् ।
त्यसमा My orders, Settings and Android Device Manager भन्ने अप्सन आउँछ । यसमा क्लिक गर्नुस् । यसमा तपाइँको पासवर्ड मागिन्छ । यसपछि तपाइँको डिभाइसको सबै डाटा डिभाइस म्यानेजरमा जम्मा हुन्छ ।
अव जुनसुकै एण्ड्रोइड डिभाइस किनेपछि यो गरि हाल्नुस् ताकि हराए वा अन्यत्र परेमा पनि भेटाउन सजिलो होस् ।
जव तपाइँको स्मार्टफोन वा डिभाइस हराउँछ वा कतै पर्छ त्यतिबेला यो डिभाइसको म्यानेजरमा गएर फोनको घण्टी बजाउने अप्सन हुन्छ । त्यसैगरी डिभाइसमा रहेका डाटा मेटाउन पनि सकिन्छ ।
त्यसैगरी यसबाट फोन लक पनि गर्न सकिन्छ । यसो गर्दा अरुले फोन प्रयोग गर्न सक्दैन । यसका लागि म्यानेजरमा गएर lock icon क्लिक गर्ने र त्यसमा गएर पासवर्ड दिने । नयाँ पासवर्ड दिने वित्तिकै फोन अरुले प्रयोग गर्न सक्दैन । तपाइँको फोनको स्क्रिन केही समयमै कालो हुन्छ ।
त्यसैगरी जो सुकैले भेटाएमा पनि पाउने सन्देश समेत त्यस्तो उपकरणमा राख्न सकिन्छ । गुगल मेलबाट नै । यसमा फोन सम्पर्कका लागि नम्बर समेत राख्न सकिन्छ ।