Home » » पिरो खानाले क्यान्सरका किटाणु समेत नस्ट हुने

पिरो खानाले क्यान्सरका किटाणु समेत नस्ट हुने

 तपाईंलाई पिरो खानेकुरा खान औधी मनपर्छ होला । पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला ।
तर, अब पिरोका पारखीहरुलाई खुसीको खबर छ । एउटा अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः
तौल कम गर्छः यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ ।किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।
क्यान्सर रोक्छः अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।
मुटुलाई स्वास्थ राख्छः खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।
रक्तचापलाई कम गर्छः अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ ।
रिसलाई नियन्त्रण गर्छः पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf