Home » » लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ४ पिप्लेमा एकै परिवारका ४ जनाको हत्या भएको छ ।

लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ४ पिप्लेमा एकै परिवारका ४ जनाको हत्या भएको छ ।

लमजुङ, असोज १५ -  दसैँको फूलपातीको दिन लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ४ पिप्लेमा एकै परिवारका ४ जनाको हत्या भएको छ ।
घाँटीमा खुर्पा प्रहार गरि उनीहरुको हत्या गरेको अवस्था शव भेटिएको घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक नारायण रञ्जितकारले जानकारी
दिनुभयो ।
घटनाको अनुन्धानका लागि पोखरा क्षेत्रीय प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली बोलाईएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनीहरुको राती हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ ।
बेसीशहर–डुम्रे सडक खण्डमा पर्ने भोटेओडारको अकलामन्दिर माथि पर्ने पिप्लेका ६० वर्षका अर्जुनप्रसाद रेग्मी, उहाँकी धर्म छोरी ३५ वर्षकी रीना घिमिरे, नाती बर्ष १२ को विकास घिमिरे र नातिनी १४ की ज्योति रेग्मीको हत्या भएको प्रहरीले जनाएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf