बारा : पथलैया–हेटौडा सडकखण्ड अन्र्तगत बाराको अमलेखगञ्ज–८ मा बुधवार बिहान ट्रकले बसलाई ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बाराका नेपाल बिद्युत प्राविधकरणको बिरगञ्जस्थित पावर हाउसमा कार्यरत लक्ष्मी तामाङ, उनको छोरा प्रवेश तामाङ, बारा मनहरवा-७ कि कुन्ता दाहाल, बस चालक बुनियाँद-७ का सर्वजितप्रसाद यादव, सह-चालक खुटुवा प्रसौनीका अमृत कुमार साहको सनाखत भएको हो। मृतकमध्ये एक महिलाको सनाखत हुन बाँकी छ।
दुर्घटनामा घाइते अधिकांश यात्रुको वीरगञ्ज, हेटौडा र भरतपुरमा उपचार भइरहेको सिमरास्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।
वीरगञ्जबाट नारायणघाट जाँदै गरेको ना४ख १५४४ नम्बरको बसलाई बिपरित दिशाबाट आईरहेको ना३ख ६२८५ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो । ना२ख ८७११ नम्बरको ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर अनियन्त्रित भएपछि ट्रकले विपरित दिशाको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । बसलाई ठक्कर दिएर तीव्रगतिमा गुडेको ट्रक अनियन्त्रित भई राजमार्ग छेउको जंगलमा पुगेको थियो ।
प्रहरीले ट्रक र ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गबीचमै दुर्घटना भएकाले सवारी आवागमन रोकिएपछि बस हटाए यातायात सुचारु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।