Home » » दियालो बालेर रात काट्छन् रारा आउने पाहुना पुरा विवरण हेर्नको लागि यहाँ जानुस् !

दियालो बालेर रात काट्छन् रारा आउने पाहुना पुरा विवरण हेर्नको लागि यहाँ जानुस् !

मुगु: रारा राष्ट्रिय निकुञ्‍ज कार्यालय तथा निकुञ्ज सुरक्षाका लागि रारामा बसेको नेपाली सेना, रारा हेर्न आउने स्वदेशी र विदेशी पाहुना दियालो बालेर रात काट्ने गरेका छन्। तीन वर्षअघि सञ्‍चलनमा आएको गमगाढ विद्युत् आयोजनाले निकुञ्ज संरक्षणमा रहेका नेपाली सेना, निकुञ्ज कार्यालय, होटेल र रारा गाविसको ८ र ९ का बासिन्दाका लागि बिजुलीको पोल गाडेको भए पनि अहिलेसम्म विद्युत् प्राधिकरण गमगाढले विद्युत् नपुर्‍याउँदा रारा आउने सबैले दियालो बालेर रात काट्नुपरेको छ।  रारामा रहेका दुई सरकारी कार्यालय, नेपाली सेनाको दुर्गा भञ्जन गुल्म र निकुञ्ज कार्यालयमा विद्युत् अभावका कारण कम्प्युटर, फ्याक्स, फोटोकपी मेसिनलगायत चलाउन समस्या परेको ती कार्यालयले जनाएका छन्।  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको गमगाढ जलविद्युत् आयोजनाले निर्माणकार्य थाल्दा रारालाई समेत समेटेको थियो। निर्माणकार्य सुरु भएको एक दशकपछि २०६८ साल कात्तिकमा बत्ती बले पनि अहिलेसम्म रारामा बिजुली पुगेको छैन। तीन करोड खर्च गरेर तीन किलोमिटर जंगल हुँदै रारासम्म विद्युत्का खम्बा गाडेको तीन वर्ष पुगेको छ। रारामा बिजुली लैजान घना जंगल भएर लिनुपर्ने तथा धेरै रूख कटान गर्नुपर्ने हुन्छ। निकुञ्जमा कुनै पनि काम गर्दा वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने भएकाले पनि बत्ती रारालाई दिन नसकिएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले जनाएको छ।  'वातावरणीय प्रभाव अध्ययन नगरी विभागले निकुञ्जभित्र कुनै काम गर्न दिँदैन,' निकुञ्‍ज कार्यालयका प्रमुख भोगेन्द्र रायमाझीले भने, 'एक त घना जंगल छ। जंगलको बीचबाट विद्युत् लाइन ल्याउँदा धेरै रूख काट्नुपर्छ । त्यसैले पनि विभागले स्वीकृति दिंदैन,' रायमाझीको भनाइ छ।  'उज्यालो त के मोबाइल चार्ज गर्नसमेत मुस्किल छ। कार्यालयका कम्प्युटर, फ्याक्स चलाउन गाह्रो छ। सोलारले काम गर्दैन, विद्युत् पुगेको भए सजिलो हुने थियो। अहिले राराको लागि पहिलो आवश्यकता भनेको बत्ती नै हो,' रारा राष्ट्रिय निकुञ्जस्थित नेपाली सेनाको दुर्गा भञ्जन गुल्मका गुल्मपति गजेन्द्र रावलको भनाइ छ। रारामा विद्युत् नहुँदा बाहिरबाट रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले मोबाइल फोनसमेत चार्ज गर्न नपाउँदा सञ्चारविहीन हुने गरेका छन्। रारामा बस्ने मन हुँदाहुँदै पनि उनीहरू इन्टर नेट र फोन गर्नकै लागि रारा छोड्ने गरेको रारास्थित डाँफे होटेलका सञ्‍चालक गोपाल बमले बताए। 

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf