Home » » न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सञ्जय पक्राउ

न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सञ्जय पक्राउ


  1. काठमाडौं, चैत ११– सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न फरार अभियुक्त सञ्जय स्माईली मगर पक्राउ परेका छन् । वमको हत्यापछि फरार रहेका मगरलाई साउदी प्रहरीले बुधबार साउदी अरबवाट पक्राउ गरेको हो । नेपालमा प्रहरीले खोजी तिब्र पारेपछि साउदी पुगेका सञ्जय त्यहाँ पेटी क्राइममा संलग्न थिए । नेपाल प्रहरीले इन्टरपोल मार्फत जारी गरेको डिफ्यूजन नोटिसका आधारमा रामेछाप खनियाँपानी ७ कटुञ्जेका भगवान नामले चिनिने सञ्जय पक्राउ परेका हुन । पक्राउ परेका मगरलाई नेपाल ल्याउने तयारी भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता किरण बज्राचार्यले जानकारी दिए । यसअघि प्रहरीले बम हत्याका मुख्य योजनाकार बाबु थापासहित चार जनालाई पक्राउ गरी गएको पुस १९ गते सार्वजनिक गरेको थियो । सर्वोच्च अदालतमा तत्कालीन समयमा न्यायाधीश रहेका बमलाई शंखमुलको यूएन पार्क नजिकै २०६९ जेठ १८ गते गोली हानी हत्या गरिएको थियो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf