Home » » युरोपको चर्चित अप्रिलिआ बाइक नेपाली बजारमा

युरोपको चर्चित अप्रिलिआ बाइक नेपाली बजारमा


  • काठमाडौं,चैत १७ – युरोपको चर्चित मोटरसाइकल अप्रिलिया नेपाली बजारमा भित्रिएको छ । जेएनजे इन्टरनेसनलले २ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको हो । यो युरोपमा उत्कृष्ट रेसिङ बाइक मानिन्छ । नेपाली बजारमा १५० सिसी इन्जिन क्षमता रहेको एसटिएक्स रोड र इटिएक्स इन्ड्युरो बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । एसटिएक्स रोड बाइक पिच रोडका लागि उपयुक्त छ । इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारो रोडमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोका लागि उपयुक्त मानिएको छ । हाल एसटिएक्स रोडको मूल्य २ लाख ९० हजार रुपैयाँ र इटिएक्स इन्ड्युरोको ३ लाख ३० हजार रुपैयाँ रहेको छ । अप्रिलिया बाइकले हालसम्म मोटरसाइकल रेसिङ विश्व च्याम्पियनसिपमा ५४ वटा मेडल जितेको छ । यो ब्रान्डका बाइक सन् १९०५ देखि पिआजीओ ग्रुपले उत्पादन गर्दै आएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf