Home » » अव हराएको फोन गुगलबाटै खोज्न सकिने

अव हराएको फोन गुगलबाटै खोज्न सकिने

तपाइँ हामी सबैलाई थाहा छ हामी मोबाइलविहिन भएर एकछिन पनि बस्न सक्दैनौं । केहीबेर मोबाइल कतै पर्‍यो भने छट्पटी भइहाल्छ ।
गुगलले अव फोन हराउने समस्याको पनि समाधान निकालेको छ । गुगलले विकाश गरेको प्रविधीबाट कुनै पनि स्मार्टफोन कहाँ छ भन्ने सहजै थाहा पाउन सकिन्छ ।

गुगलको यो प्रविधी प्रयोगका लागि पनि जटिल छैन । कुनै पनि एण्ड्रोएड भर्सनको फोन चलाउने ब्यक्तिले डेस्कटपबाट गुगलमा गएर आफ्नो फोन भेटाउन सक्छ ।
गुगलले एक ब्लग पोष्टमा भनेको छ कि अव गुगलको सर्च बारमा ‘Find my phone’ टाइप गरेपछि स्मार्ट फोन गुगल म्यापमा ट्रयाक हुन सक्छ । यसले तपाइँको फोन कहाँ छ भनेर भनिदिन सक्छ ।
डेस्कटपमा गुगल सर्च गर्ने समयमा Find my phone टाइप गर्नु अघि सँधै विचार गर्नुस् कि तपाइँले जुन जिमेल आइडीबाट फोन रजिस्टर गर्नु भएको छ त्यही आइडी प्रयोग गर्नु पर्छ ।
तपाइँको डिभाइस र डेस्कटपमा तपाइँको जिमेल अकाउण्ट खुल्ला भएको भने यसले प्रभावकारी काम गर्न सक्छ ।
त्यसैगरी ‘Find my phone’ टाइप गर्ना साथ तपाइँको फोनको लोकेसन मात्र पत्ता लाग्दैन फोनमा घण्टी समेत बज्न सक्छ । गुगगले फोनमा कम्तिमा ५ मिनेट सम्म घण्टी बजिरहने सिष्टम बनाएको छ । यसले गर्दा फोन फेला पार्न सजिलो हुन्छ ।
गुगलको सेवा लिनका लागि तपाइँको फोनमा जिपिएस GPS भने एक्टिभ हुनु पर्छ । यो सेवा लोकेसनका लागि बनाइएका कारण फोनमा सँधै अन राख्नुस् ।
गुगलले आफ्नो फोन हराएको अवस्थामा त्यसमा भएका डाटा हटाउने सुविधा समेत दिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf