बिहीबार मात्रै १० ओटा पराकम्प
काठमाडौँ, जेठ १– बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि आइरहने पराकम्पनको क्रम आज पनि जारी रहेको छ । आज बिहानै २ ओटा भुकम्पका धक्का महशुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । आज बिहान दोलखा केन्द्रबिन्दु भएर ३ः३८ मा ४.१ र ४ः०६मा ४.३ रेक्टर स्केलको भुकम्प आएको केन्द्रले जनाएको छ ।
यसअघि बिहिबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रसुवालाई केन्द्रबिन्दु बनाएर चार स्केलभन्दामाथिका १० वटा भूकम्पका पराकम्प महसुस भएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ८ बजेर ४० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ तथा ८ बजेर ५० मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.० रिक्टर स्केलको पराकम्प गएको छ, त्यसअघि साँझ ८ बजेर २१ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४.५ रिक्टर स्केलको पराकम्प गएको थियो । सबैभन्दा ठूलो बिहान ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाई ५.० रिक्टर स्केलको पराकम्प गएको थियो । दोलखालाईमात्र केन्द्रबिन्दु बनाएर सातवटा पराकम्प भए । यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दामाथिका २२६ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।