Home » » क्षतिग्रस्त मितेरी पुलको विकल्पमा चीनले हाल्यो बेलिब्रिज

क्षतिग्रस्त मितेरी पुलको विकल्पमा चीनले हाल्यो बेलिब्रिज

रसुवा, जेष्ठ ७ । भूकम्पले नेपाल–चीन जोड्ने रसुवागढी नाकामा रहेको पक्की पुलमा क्षति पुर्‍याएपछि विकल्पमा बेलिब्रिज हालिएको छ ।

चीनले रसुवागढी–केरुङ आवत–जावत र भविष्यमा सामान आयात–निर्यात् गर्न वैकल्पिक उपाय अपनाएको हो । मितेरी पुल नेपाल–चीनबीच बग्ने लेङदे खोलामाथि डेढ वर्षअघि हालिएको थियो ।
पुलकोनेपालतर्फको भागमा माथिबाट सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर बार भत्किएको छ भने बीच भागमा पनि प्वाल परेको छ ।
पुलमाथि भारवहन गाडी गुड्दा दुर्घटना हुनसक्ने सम्भावना देखिएकाले बेलिब्रिज हालिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf