Home » » पानको पात…. गीत गाएर यसरी नाचेका थिए दिपेन्द्र (भिडियो सहित)

पानको पात…. गीत गाएर यसरी नाचेका थिए दिपेन्द्र (भिडियो सहित)

१९ जेठ, लमजुङ
नेपाली इतिहासको कहालीलाग्दो घटना मध्ये प्रमुख मानिने दरबार नारायणहिटी हत्याकाण्ड भएको १४ वर्ष पुगेको छ । यो हत्याकाण्ड कसरी र कसले गराएको थियो भन्ने कुरा अझै पनि रहस्यकै गर्भमै छ ।
देशमा संबैधानिक राजतन्त्र भएपनि दरबार बलियो भएका कारण त्यतिबेलाको सरकारले दरबार हत्याकाण्डलाई कडाइका साथ छानविन गर्न सकेन । उक्त हत्याकाण्ड छानविन गर्न बनेको सरकारी आयोगले तत्काली युवराज दिपेन्द्रले तत्कालीन राजा रानी सहित आफ्नो परिवारका सदस्यको हत्या गरेको उल्लेख गरेपनि धेरैले त्यसलाई पत्याएनन् ।

तर पनि बेहोस अवस्थामै राजा घोषित भएर मृत्यु भएका पूर्व राजा दिपेन्द्रको अनुहारमा इतिहासले कालो पोतेको छ । किन भने औपचारिकरुपमा उनीमाथि नै हत्याको अभियोग लागेको छ ।
स्वर्गीय राजा विरेन्द्रको वंशनाश हुनेगरि भएको नारायणहिटी दरबार हत्याकाण्ड भएको सोमबार १३ वर्ष पुरा भयो । २०५८ जेठ १९ गते शुक्रवार राति तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ । 
दिपेन्द्रलाई खेलप्रेमी युवराज मानिन्थ्यो । उनी साथीभाइसँग निक्कै हासी मजाक गर्ने गरेको उनी निकट बताउँछन् । त्यस्तै क्षण मध्ये युवराज दिपेन्द्र पानको पात…. जस्ता गीतमा नाच गान गरिररहेको एक भिडियो यू ट्यूवमा अहिले पनि हिट छ ।

दरबार हत्याकाण्डको १४ औं वर्ष पुरा भएको अवसरमा उनको सम्झना स्वरुप यो भिडियो हामीले हाम्रो समाचारको विषय बनएका हौं ।

यो पनि हेर्नुस्
दरबार हत्याकाण्डका १४ वर्षः कसले गरेको थियो विरेन्द्रको वंश विनास ?

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf