काठमाडौं । भारतीय नक्कली नोटको कारोबारमा नेपाल प्रहरीको एक जिम्मेवार एआईजीकै संलग्नता रहेको खुलासा भएको छ । गत फ्रेबरी भारतीय नक्कली मुद्धा २३ लाखसहित पक्राउ परेका सेख जावेद ईकबालले एआईजीको नाम पोलेपछि यो रहस्य बाहिर आएको हो । सेखले दर्जनौं नेपाली र भारतीय प्रहरीले नक्कली नोटका कारोबारीलाई सहयोग गर्ने गरेको बयान भारतीय एटिएसलाई (Anti-Terror Squad) दिएपछि यो रहस्य बाहिर आएको हो । भारतीय नक्कली नोटको कारोबारका शिलशिलामा शेखले थुप्रै पटक नेपाल–भारत सिमानाका विभिन्न ठाउँमा जाँदा समेत नेपाल प्रहरीका एआईजी कै गाडी प्रयोग गर्ने गरेको बताएका छन् ।
शेख सुनौली नाका हुँदै भारत प्रवेश गर्ने क्रममा गत फ्रेबरीमा २३ लाख भारुसहित नेपाल–भारतको सिमानामा पक्राउ परेका थिए । शेख पक्राउ पर्नु अघिग्लो दिन विरगञ्जको नाका हुँदै सुगौली पनि एआईजीको गाडीमा पुगेको बताइएको छ । शेखले नेपाल प्रहरीका एआईजी रमेशसेखर बज्रचार्यको गाडी प्रयोग गरेको र नक्कली नोटको कारोबारमा उनले सहयोग गर्दै आएको एटीएसलाई बयानमा दिएपछि नेपाल प्रहरीभित्र मात्र नभई भारतीय प्रहरीमा समेत खैलाबैला मच्चिएको छ । यद्यपी नेपाली सञ्चारमाध्याममा भने अहिलेसम्म त्यस्तो कुनै समाचार प्रकाशित गरेका छैनन् ।अनुसन्धानमा खटिएका भारतीय प्रहरीले एआईजी बज्रचार्य जस्ता अनगिन्ति प्रहरी अबैध भारतीय मुद्राको कारोबारीमा सहयोगी रहेको बताएको छ । स्रोतका अनुसार विरगञ्जमा एसएसपी भएर रहकै बेलादेखि बज्रचार्यले भारतीय नक्कली नोटका कारोबारीलाई सहयोग पुर्याउँदै आएका थिए । उक्त मुद्दाको अनुसन्धानमा गरिरहेको एटीएसले प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय नक्कली नोटका कारोबारी शेख पाकिस्थानबाट सञ्चालित रहेको सूचना मिलेको बताइएको छ । भारतीय नक्कली नोटका कारोबारी शेखका भाई समेत २ करोड भारतीय नोटसहित ०१४ मा दिल्लीबाट पक्राउ परेका थिए भन्दै हिन्दुस्थान टाईम्सले गत मे २२ का दिन समाचार प्रकाशित गरेको थियो । हिस्दुस्थान टाईम्समा छापिएको समाचार सम्बन्धमा एआईजी रमेशसेखर बज्रचार्यसँग सम्पर्क गर्दा उनले भने–‘यो मलाई फसाउने कसैको षड्यन्त्र हो । म नेपाल सरकारको विशिष्ठ श्रेणीको कर्मचारी हुँ । मैले त्यस्तो हर्कत गर्न कल्पना पनि गर्न सक्दिन । यस विषयमा म आफै पनि अनुसन्धान गरिरहेको छु ।’