संचार क्षेत्रसंगै निर्देशकका रुपमा स्थापित नाम हो सुलोचना थिङ्ग । पछिल्लो समय फरक पहिचानका साथ समाजमा देखा पर्न थालेकी छिन् । वैशाख १२ गते आएको महाविनाशकारी महाभुकम्पमा पश्चात निर्देशक सुलोचना थिङ्ग ले क्यामरा पछाडि दौडिने कार्यलाई केही कम गरेकी छिन् । धेरै जसो समय यि निर्देशक थिङ्ग विभिन्न भुकम्प प्रभावित स्थानहरुमा देखि न थालेकी छिन् ।
उक्त विनाशकारी भुकम्पले स्वयम्भु १५ स्थित यी निर्देशक सुलोचना थिङ्ग को घर भत्कीए पश्चात स्वयंम पीडित बनेकी उनी निकै साहसका साथ आफुलाई सम्हाल्दै विभिन्न सहयोगी संस्थाहरु, निकाय, साथीभाई आदिसंग सहकार्य गर्दै आफुजस्तै भुकम्प पीडितहरुलाई विभिन्न रुपमा सहयोग गर्दै आएकी छिन् ।

निकै ठुलो साहस बटुलेर सहयोगीहातहरु बढाइरहेकी यी साहसी महिल थिङ्ग अन्यका लागि प्रेरणाकी श्रोत बनिरहेकी छिन् ।
१२ कक्षामा पढ्दै गर्दा ठुलो आगलागी दुर्घटनाबाट बच्न सफल निर्देशक थिङ्गले हाल आफु सो दुर्घटना बाँच्नुको कारण हालैमात्र थाहा पाएको बताउछिन् । सो दु्र्घटनाबाट बाँचेको म, मेरो लागि होइनरहेछ, समाजका लागि केही गर्न रहेछ उनले अनलाईन रफ्तारलाई बताईन् ।
आफ्ना प्रत्येक कार्यहरुलाई उत्तीकै लगनका साथ निभाउने यी निर्देशकको समाजसेवा तर्फ लम्किएको पाईलाहरुलाई सबैको न्यानो माया र साथ चाहीने उनी बताउछिन् ।
पक्कै पनि जीवनका थुप्रै उतारचढाबहरुमा नहडबढाई निरन्तर पाईला चाल्दै आएकी थिङ्ग हाम्रो अनलाईन रफ्तार टिमको तर्फबाट अझ प्रगतिको शुभकामना दिन्छौ साथै यी साहसी महीला निर्देशक सुलोचना थिङ्गको समाजसेवी रुप प्रति नतमस्तक हुँदै उनको प्रत्येक पाईलामा सफलताको शुभकामना ।