Home » » दुर्घटनामा लिंग गुमाएका मानिसकै छाला प्रयोग बनाइयो नयाँ लिंग..(तस्विर सहित)

दुर्घटनामा लिंग गुमाएका मानिसकै छाला प्रयोग बनाइयो नयाँ लिंग..(तस्विर सहित)

दुर्घटनामा परी लिङ्ग गुमाएका एक व्यक्तिले आफ्नै हातका छाला तथा बोसोको प्रयोग गरेर नयाँ लिङ्ग बनाएका छन् । ४० वर्षीय मो नामका ती व्यक्तिको ६ वर्षको उमेरमा कार दुर्घटनामा लिङ्ग गुमेको थियो । सन् १९७८ मा साथीहरुसँग हिऊँ खेलिरहेका बेला अचानक एक कारले उनलाई ठक्कर दिँदै करिब ६ सय फिटसम्म घिसारेको थियो ।
कारले घिसारेपछि घाइते भएका उनलाई अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनको आयु मात्र १२ घण्टा भएको बताएका थिए तर आश्चर्यजनक रुपमा उनी जिवित रहन सफल भएका थिए । उनले करिब १८ महिना अस्पतालमा बिताएका थिए । उक्त समयमा चिकित्सकहरूले पिसाब फेर्नका लागी सहज होस् भनेर खुट्टाको छालाबाट उनको लिङ्ग बनाइदिएका थिए तर उक्त लिङ्गले कुनै उत्तेजना र सेक्सका लागी भने काम गर्न सक्दैनथ्यो ।
उनलाई पछि उनका आफन्तहरुले किन बिवाह नगरेको भनेर सोध्दा उनी झस्किए । उनले आफ्नो कमजोरिका बारेमा अरूलाई भन्न त भनेनन् तर उनी यस समस्याबाट छुटकारा पाउन चाहन्थे । उनले करिब साढे दुई वर्षअघि विबाह गरेपछि उनकी श्रीमतीसँगै उनले आफ्नो उपचारका लागि अस्पतालामा पुगे । उनको यो समस्यालाई चिकित्सकहरूले पनि अन्य विज्ञहरुको सल्लाह लिएर उनको लिङ्गलाई ६ वर्षको उमेरकै अवस्थामा ल्याउन उनकै हातका छाला र बोसोको प्रयोग गरियो र उनको सफलतापूर्वक शल्यक्रिया गरी उनो लिङगलाई पुर्ण काम गर्ने अवस्थामा ल्याइयो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf