Home » » पैसाको प्रलोभन देखाएर करोडौं ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पैसाको प्रलोभन देखाएर करोडौं ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २४ जेठ । पैसाको प्रलोभन देखाएर करोडौं ठगी गर्ने दाहाल परिवारकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।


लाखौं रुपैयाँको प्रलोभन देखाएर करौडो ठगी गर्ने दाहाल परिवारकी पुष्पा दाहाललाई महानगरीय अपराध महाशाखा हनुमान ढोकाले काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको हो ।
पुष्पाले काठमाडौमा बस्दै आएका मनोज कुमार श्रेष्ठलाई केही रकम तत्काल आवश्यक परेको भन्दै चितवनमा रहेका आफ्ना श्रीमान बसन्तसँग मिलेर डेढ करोड रुपैयाँ ठगी गरेका थिईन् ।
घर धितो राखेर पैसा पाइने भन्दै उक्त पैसा पछि फिर्ता गरिदिने भन्दै पुष्पा र बसन्तले मनोजलाई फकाएका थिए । त्यसपछि पुष्पा र बसन्त सम्पर्क नआई फरार भएका थिए । मनोजलाई १ करोड ८० लाखमा बेचेर फरार भएका थिए ।
यस्तै, पुष्पा र बसन्त मिलेर काठमाडौ गोलढुङ्गाका रामप्रसाद अर्यालबाट २० लाख, पाचँथर अमरपुर १ का केशर बहादुर अधिकारीलाई अर्काको नामको जग्गा आफ्नो हो भनि बैना गरी ५० लाख ठगी गरेका थिए ।
चितवन घर भएर काठमाडौंबाट गठी धन्दा सञ्चालन गर्दै आइरहेकी पुष्पालाई अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाएको एसएसपी पुस्कर कार्कीले जानकारी दिनुभयो । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf