Home » » विपतका बेला प्रधानमन्त्रीका अवैतानिक सल्लाहकारको बियर पार्टी

विपतका बेला प्रधानमन्त्रीका अवैतानिक सल्लाहकारको बियर पार्टी

लम्जुङ, जेठ २३ नेपालले विनाशकारी भूकम्पको महाविपत्ति सामना गरिरहेको बेला केही समयअघि मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नी छोरीको विवाह धुमधामका साथ गर्दा निकै आलोचित बन्नुपरेको थियो । ‘विपतका बेला पनि हाईफाई पार्टी गरेको’ भन्दै सामाजिक सञ्जलमा पूर्व परराष्ट्रमन्त्री समेत नेता यादवको निकै आलोचना भएको थियो ।

अहिले प्रधानमन्त्रीका अवैतानिक सल्लाहकारका रुपमा रहेकी मृदुला कोइरालाले पनि त्यस्तै कृयकलाप दोहोर्याएको भन्दै आलोचना शुरु भएको छ ।
कोइरालाले आफ्नो जन्मदिन मनाउँदै रेस्टुरेन्टमा रक्सी र बियरसहितको कोकटेल पार्टीको फोटो समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि उनको आलोचना शुरु भएको हो ।
Fullscreen capture 05062015 143125
प्रधानमनत्री सुशील कोइरालासँग निकट रहेर काम गर्दै आएकी मृदुलाले न्युयोर्कबाट आएका साथीहरु तथा अग्रजहरुसँग आफ्नो जन्मदिन मनाएकी थिइन् । तर, समाजिक सञ्जालमा तस्विर पोस्ट भएपछि ‘बियर पार्टीभन्दा भूकम्पपीडितलाई सहयोग गरेको भए हुन्थ्यो,’ जस्ता आशयका साथ उनको आलोचना शुरु भएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf