Home » » विमानको बाटोमा बार बनेका कोटेश्वरको घर भत्काउन स्थानीयको अटेरी

विमानको बाटोमा बार बनेका कोटेश्वरको घर भत्काउन स्थानीयको अटेरी

लमजुङ, काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका केही घर एक हप्ताअघि नै भत्काउन सुरु गर्नुपर्ने भनिएपनि स्थानीयले अटेर गर्दा अहिलेसम्म पनि भत्काउने काम सुचारु हुन सकेको छैन ।
विमानस्थल आसपासमा रहेका केही घरले हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न गरेकाले गत सोमबार देखिनै काठमाडौँ महानगरपालिकाले भत्काउनका लागि घरधनीलाई अनुरोध गरेको थियो ।
koteshwor tall house
काठमाडौँ महानगरपालिकाको अनुगमनले मापदण्ड विपरीत ठहर गरेका वडा नम्बर ३५ मा पर्ने छवटा घर गत हप्तादेखिनै भत्काउन सुरु गर्नुपर्ने बताएको थियो तर स्थानीयले यसरी नै अटेर गरी यही पुस २२ गतेसम्म पनि काम सुरु नगरे २२ गतेदेखि महानगरलेनै ती घर भत्काउन सुरु गर्ने महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
उनका अनुसार महानगरले यससँगै ३५ नम्बर वडामा नै चार वटा घरलाई तत्काल तला थप्ने काममा समेत रोक लगाएको छ ।
भत्काउन लागिएका घर केही नक्साबिनाका तथा केही नक्सा विपरीत निर्माण गरिएको पाइएको कामपाले बताएको छ ।
कामपा बोर्डका इन्जिनियर वीरबहादुर कार्कीको संयोजकत्वको एक टोली र विमानस्थल ३५ वडा कार्यालयका प्राविधिक समितिले स्थलगत निरीक्षणमा उक्त प्रतिवेदन तयार गरी सो निर्णय गरेको कामपाले बताएको छ ।
सो स्थानमा रहेका अन्य हवाई व्यवस्थापनमा समस्या उत्पन्न गराउन सक्ने घरको पनि अनुगमन भइरहेको महानगरपालिकाले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf