Home » » अन्ततः ओली पक्षबाट नविनाले बाजी मारिन्

अन्ततः ओली पक्षबाट नविनाले बाजी मारिन्

लामो रस्साकस्सी पछि अनेरास्ववियुको आगामी महाधिवेशनका लागि संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारको रुपमा नविना लामा प्रस्तुत हुने भएकी छिन् । एमालेको संस्थापन पक्षले २२ औं महाधिवेशनका लागि अनेरास्ववियुको भावी अध्यक्षको उम्मेदवारको रुपमा लामालाई अघि सारेको हो।   अध्यक्ष केपी ओली पक्षबाट पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज भानुभक्त ढकालको संयोजकत्वमा गठित समितिले नविनालाई अध्यक्षको उम्मदेवार बनाउने निर्णय गरेको बताइएको छ । आफ्नो पक्षका उम्मेदवारको टुंगो लगाउन ओलीपक्षले ओली पक्षले भानुभक्तको संयोजकतव्मा  पूर्वअध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेल र  किशोरविक्रम मल्ललाई जिम्मा दिएको थियो ।  
  अध्यक्षको उम्मेदवारको दौडमा रहेका अर्का अनेरास्ववियु उपाध्यक्ष ऐन महरलाई पछि पार्दै नविनाले टिकट फुत्काएकी हुन् । ऐन दौडमा अगाडि रहेपनि ढकालले उनलाई नरुचाएका कारण लामाले टिकट फुत्काएको अखिल कार्यकर्ताहरु बताउँछन् । ओली पक्षले आफ्नो तर्फबाट अनेरास्ववियुको भावी नेतृत्वका लागि अध्यक्षमा नविना र महासचिवमा ऐन महर या रश्मी आचार्यमध्ये एकलाई अघि सार्ने तयारी गरेको बताइन्छ । नविनालाई अध्यक्षमा टुंगो लगाएपछि ओली पक्षले उनको प्यानलनका पदाधिकारीका उम्मेदवारको अल्फाबिटा हाउसबाट घोषणा गर्दैछ । माधव नेपाल पक्षबाट भने अध्यक्षका लागि दीपक गौतमको नाम पक्का भइसकेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf