Home » » यमनको शरणार्थी शिविरमा गरिएको हवाई आक्रमणमा ४० मारिए

यमनको शरणार्थी शिविरमा गरिएको हवाई आक्रमणमा ४० मारिए

काठमाडौं, चैत्रयमनमा एक शरणार्थी शिविरमा गरिएको हवाई आक्रमणमा ४० जना मारिएका छन् । सहायताकर्मीका अनुसार उत्तरपश्चिमी यमनमास्थित अल मार्जाक शिविरमा गरिएको आक्रमणमा दुई सय व्यक्ति घाइते भएका छन् ।

घटनाप्रति साउदी सरकार र हुथी विद्रोहीले एकार्कामाथि दोष थोपरेका छन् । सरकारी मिडियाले साउदी विमानले आक्रमण गरेको जनाएको छ भने यमनी विदेश मन्त्रीलेघटना हुथी विद्रोहीले गराएको आरोप लगाएका छन् ।

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले हुथी विद्रोहीद्धारा अपदस्थ यमनी राष्ट्रपति अब्दाबुह मन्सूर हादीको समर्थनमा लगातार हवाई आक्रमण गरिरहेको छ ।

पछिल्लो आक्रमण सानास्थिति हतियार केन्द्रमै गरिएको थियो । (एजेन्सी) 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf