भर्खर मात्र एस.एल.सी को नतिजा प्रकाशित भएकोे छ। गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, एक्ज्याम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी भएका थिए थिए।
यस वर्षको एसएलसी परीक्षाको नतिजा भर्खरै सार्वजनिक भएको छ । नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यसअघि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
१ लाख ९२ हजार २ सय २६७ जना पास भएका छन् । यस्तै एक्जाम्टेडतर्फ १८७७८ जना अर्थात १३.८ प्रतिशत पास भएका छन्।
रिजल्टसँगै यसभन्दा अगाडिका घटनाले एसएलसीमा राम्रो नतिजा ल्याउन नसकेको अथवा अनुर्तिण भए भनेर धेरैले आफ्नो जीन्दगीलाई समाप्त गरेका धेरै नजिर हाम्रो सामु छन्। अहिले भर्खर प्रकाशित नतिजाले कतिलाई उत्साह थपेको होला भने कतिलाई निराश बनाएको होला।
शिक्षा जीवन पद्धतिको एउटा पाटो होला तर ज्यान होइन। ज्यान भए जीउन सक्ने आधारहरु प्रशस्त भेटिन्छन्। के यो अमुल्य जीवन एसएससी पास हुनुमा मात्र निहित छ। एसएलसीको हाउगुजी पछिल्लो पटक यसरी फैलाइएको छ कि फेल हुनेहरुको बाँकि जीवन निरर्थक र बेकार छ। जसले गर्दा एसएलसीमा अनुर्तिण भएको सुन्दा साथ आत्महत्या गर्ने प्रवृत्ति गत वर्ष पनि रोकिएन कसैले रोक्न प्रयास गरेको पनि पाइएन।
समाज अभिभावक, शिक्षकहरु स्वयंले विद्यार्थिहरुको मानसपटलमा एसएलसी जीवन जिउने एक मात्र आधार हो भनेर सिकाइरहेका छन्। विद्यार्थी यो सत्य नभएको भ्रमलाई अंगालिरहेका छन्।
हरेक व्यक्तिमा केही न केही सीप र ज्ञान अवश्य हुन्छ तर त्यसको पहिचान गरेर सोहीअनुसार अगाडि बढ्ने वातावरण र संस्कारको अभाव छ। यहाँ त कसैद्धारा निर्मित पाठ्यपुस्तकको बारेमा ३ घण्टाको समयावधिमा क्षमता देखाउन बाध्य पारिन्छ। जुन आफैंमा वैज्ञानिक छैन, परिणाम कसरी राम्रो हुन सक्छ? अन्तर्राष्ट्रिय स्तरमा १२ कक्षासम्मको तहलाई मान्यता दिइएको छ । तर यहाँ एसएलसी प्रणालीलाई खारेज नगरी झन् बढावा दिइएको छ ।
आज धेरै विद्यार्थी आफ्नो वास्तविक क्षमतालाई दबाएर बनावटी र देखावटी शिक्षा प्रणाली ग्रहण गर्न बाध्य बनेका छन्। शिक्षा सामाग्रीको अभाव छ। सैद्धान्तिक ज्ञान रटाइन्छ व्यवहारिकता छैन। यसै प्रसंगमा एक मित्रले भनेका थिए ‘क्याट भनेको के हो भनेर कुनै बच्चालाई सोध्यो भने बिरालो भन्छ तर आफ्नै अगाडिबाट गएको बिरालो उसले चिन्दैन।’ साँच्चै आजको हाम्रो शिक्षा योभन्दा फरक छैन। अंग्रेजी मोहले पनि निकै ग्रसित बनेको छ हाम्रो शिक्षा प्रणाली । अर्कोतर्फ वर्षांैसम्म एउटै विषय पढाइरहने शिक्षकमा देखिएको ‘मोनोटोनस’ ले सिर्जनशिलतामा कमि आएकोछ। यसले पनि पढाईको स्तरलाई खसाल्दै गएको छ ।
गुणस्तर शिक्षाको प्रचारबाजी गर्ने कतिपय निजी विद्यालयहरुले कमाइ खाने माध्यम मात्र बनाइरहेका छन् शैक्षिक संस्थालाई। अझ एसएलसीमा डिष्टिङसन ल्याउने विद्यार्थी त शैक्षिक संस्थाका मोडेल नै बन्छन्, उनिहरुको पोष्टर बेचेर विद्यार्थी तान्ने माध्यम बनाउँछन् निजी शैक्षिक संस्थाका संचालक। यतिमात्र कहाँ हो र अहिले त फष्ट र सेकेण्ड डिभिजनमा पास हुनेपनि आफुले चाहेको विषय र कलेजमा पढ्न पाउँदैन। डिष्टिङसन ल्याउने मात्रै पढाउने रे ! ल हेर्नुस् व्यवसायिकताको चरम रुप, विद्यार्थीको बौद्धिकताको चरम शोषण। अहिले त फेल हुने मात्रै होइन पास हुनेहरु पनि निराशामा देखिन्छन्। विद्यार्थीहरु बलिको बोको मात्रै बनेका छन्।
काठमाडौंको सुविधा सम्पन्न ठाउँमा बसेर पढेका विद्यार्थीसँग विकट गाउँ जहाँ दुई चार घण्टा त स्कुल पुग्नमै लाग्छ त्यस्ता विद्यार्थीहरुको परीक्षा प्रणाली समान किसिमको हुन्छ । अनि नतिजामा यति पास भए, यति फेल भए भनेर तथ्यांक निकालिन्छ । पास हुनेहरु लड्डु बाँड्नमा हतारिन्छन्, फेसबुक र सामाजिक संजालहरुमा सजिन्छन्। अनि असफल मानिएकाहरु समाजमा क्षमता नभएको पात्र भएर कहलिन्छ। अनि निराशा, आक्रोश र कुण्ठा किन नपलाओस् त उनीहरुमा ? विकल्पमा कति आत्महत्याको बाटो समात्छन् भने अधिकांश खाडिको मुलुकमा आफुलाई समर्पित गर्न बाध्य हुन्छन्। देशका नेताहरु रेमिट्यान्समा ¥याल चुुहाएर देशको बजेट निर्माण गर्छन् ।
शिक्षाको पाटो महत्वपूर्ण हो तर जुन शिक्षा प्रणालीलाई हामीले आत्मसात् गरेका छौं त्यो पक्ष भने चित्तबुझ्दो छैन। मुलुकमा सबै कुरा छ र पनि केही छैन भनेर निराश हुनुपर्ने स्थिति आउनु सय अंक भित्र अल्झिएको हाम्रो मानसिकता नै हो ।
अहिले हाम्रो देशको शिक्षा परीक्षामुखिमात्रै देखियो। दैनिक जीवनसँग जोडिएको व्यवहारीक पक्ष हाम्रो शिक्षामा छैन। एसएलसी परीक्षा फलामे ढोका भनेर रटाइन्छ यसले विद्यार्थीमा मनोवैज्ञानिक त्रास पैदा गरीदिएको छ। जाँच पास गर्नु मुख्य अभिष्ट बन्यो । जीवनमा चाहिन आधारभूत सिपहरु सिक्ने बातावरण बनेन ।
अझै पनि ८५ प्रतिशत विद्यार्थी सरकारी स्कुलमा पढ्छन् भने १५ प्रतिशत निजी विद्यालयमा छन्। कुल बजेटको १५ देखि १७ प्रतिशत शिक्षामा नै लगानी भएको छ । तर परीणाम शुन्य ।
व्यवहारिक शिक्षाको खाँचो पटक पटक उठिरहने विषय हो। यद्यपि यसको कार्यान्वयनको पक्ष किन बाहिर आउँदैन? आखिर देश कसका लागि र देश बनाउने कस्ले भन्ने प्रश्न नै अनुत्तरीत बनेको छ।
आर्थिक विकास र प्रगति सुनिश्चित तुल्याउन शिक्षाको अपरिहार्यता छ। सीपयुक्त शिक्षाले आर्थिक विकासमा टेवा दिन सक्छ । यहाँ त विना योग्यता शिक्षकहरु सोर्सफोर्स लगाएर जागिर हातपार्न सफल हुन्छन् । अनि नेतालेभन्दा बढि शिक्षकले राजनीति गर्छन् । शिक्षाको लगानी बालुवामा पानी सावित हुन्छ ।
हाम्रो देशको औपचारिक शिक्षाको सुगा रटाइले बौद्धिकतालाई लुटिरहेको छ। विश्वका सफल व्यक्तित्व एवं वैज्ञानिकहरु औपचारिक शिक्षामा उत्तिर्ण भएर सफल भएका होइनन्। आफूमा भएको क्षमता अनुसार निरन्तर काम गरेकाले सफलता पाएका हुन। त्यसैले एसएलसी फेल हुँदैमा जीवन गुमाउनु पनि पर्दैन र पास हुदैमा चन्द्रमामा पुग्ने पनि होइन।