यो स्तम्भ तँपाईका लागि हो । यसमा तँपाइले आफ्नो बिहानीको बारेमा लेखेर पठाउनु पर्नेछ । जुन अरुकालागि समेत प्रेरणादायी हुने छ । हरेक दिनको सुरुवात बिहानबाट र हरेका यात्राको प्रारम्भ एक पाइलाबाट हुनेछ । यसै सन्दर्भमा भोजपुरको ओख्रे ५ मा जन्मिएकी सुमधुर स्वरका धनी गायीका हुन् कला राई । स्कुलेले जीवनमा गीत गाउनु भन्दा बढी नाच्न मनपराउने कलाकार थिइन कला । ‘कान थापेर सुनी देउ दाजु रितिथिती बिग्रेर गइसक्यो’ कलाले त्यो बेला नाचेको गीतको अंश हो यो । तर उनी नाचेर प्रशंसा कमाएकी बालपन बाट हुर्केर आउँदा चर्चित गायीका बन्न पुगिन् । प्राय सबै किसिमको कार्यक्रममा पुग्ने उनले समयलाई कसरी व्यवस्थापन गर्छन ? उनको बिहान कसरी वित्छ भन्ने बारेमा ‘मेरो बिहान’मा उनको कुरा उनकै शब्दमा…
मेरो जन्मघर भोजपुर जिल्लाको ओख्रे ५ खेवामा पर्छ । मेरो पेशा, व्यवसाय, खेतिपाती जे भनेपनि संगीत नै होे । खास गरेर मेरो विहान घरयासी काम र अन्य कुराहरु गर्दा गर्दै बित्छ ।
म विहान समय वा काम हेरेर उठने गर्दछु । त्यस्तै छिटोमा ५ देखि साढे छ बजेभित्र उठि सकेको हुन्छु । उठेपछि सामन्य नियमित काम हुन्छ । यसपछि पहिलो काम चिया पकाउने हो । चियाका लागि पसल जाने दुध ल्याएर चिया बनाउने परिवारका अरुलाई नि दिने यो पहिलो काम हो । बाँकी केही समय रियाज गर्छु तर नियमित छैन । एक्लै प्राय गुनगुनाई रहने मेरो स्वाभाव छ ।
हिजोको कुरा सम्झने काम हुन्छ । तर म योजना बिहान बनाउँदिन, कामहरू पहिले नै सेटिङ भइसकेका हुन्छन् । कतिपयबेला स्टायाण्डबाई रेर्कडमा कुद्नु पर्ने हुन्छ । त्यसैले सामन्य योजना बन्छ तर यो सबै दिन लागु हुन्छ भन्ने छैन । प्राय ९ बजेदेखि ९.३० बजे म कोठाबाट बहिर निस्कने गर्छु । दिनमा जे जे कामहरु आउँछन् गर्दै जान्छु । म प्राय भोक लागेको समयमा खाजा खाने हो यही समयमा खाने भन्ने छैन । जति बेला देहिले माग्छ खाईहाल्छु । चियाको पनि तालिका हुन्न ।
शाररिक रुपमा स्वस्थ्य छु । व्यायम नियमित गर्दिन बिहान उठेर ब्यायममा नियमितता छैन । म एक गृहणी पनि भएकाले मेरा अन्यपनि थुप्रै जिम्मेवारी छन् यसलाई पुरा गर्दै यो यात्रामा निस्केकी हुँ । मलाई त्यो समय निकै आनन्द लाग्छ जुनबेला सम्पुर्ण काम सफलता पुर्वक सम्पन्न गरिन्छ । त्यो बेलुकी को समय आफैमा खुशी हुन्छु ।
बिहानै कुनै काम जरुरी परेमा चाँडै हिँडने गरेको छु , जानुपर्ने ठाउँमा तोकिएको समयमा वा समय अगाडि नै पुग्ने गर्छु । मान्छे जहिल्यै नी आशावादी हनु जरुरी हुन्छ त्यसैले जुनसुकै समय पनि रमाइलो मान्नुपर्छ भन्छु ।
भिडियो हेर्नको लागि यहाँ क्लिक् गर्नुहोस्