Home » » पचासभन्दा बढी नीलगाई फेला

पचासभन्दा बढी नीलगाई फेला

लमजुङ्,बैशाख१६– महोत्तरी जिल्लाको दक्षिण–पश्चिम सीमानाकामा अवस्थित इटहर्वाकट्टी गाविसमा आज एकैसाथ ५० भन्दा बढी नीलगाई फेला परेका छन् । दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई सो गाविसको वनमा आज देखिएको स्थानीय बासिन्दाले बताएका छन् । यसअघि कहिले नदेखिएको गाईजस्तो तर नीलो रङका ती जनावर एक्कासि सो गाविसको वनमा आएपछि गाउँलेको ओइरो लागेको स्थानीयवासी अजय मण्डलले बताए ।

नीलगाईले तरकारीबालीमा प्रवेश गरेर सबै खाइदिएको स्थानीयवासी अवधेश कापरले बताउनुभयो । यसबारे स्थानीयवासीले जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयमा जानकारी गराइसकेका छन् । अहिले माथिल्लो जङ्गलमा डढेलो, चोरी सिकार जस्ता क्रियाकलापमा तीव्रता आएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf