
१६ बैशाख, लमजुङ् - वागलुङको दगातुम्डाडा २ नौटुवामा आज गिट्टि निकाल्ने क्रममा ढिस्कोले पुरीएर एक जनाको ज्यान गएको छ । सिद्धपुर प्राथमिक विद्यालयको लागी झारा स्वरुप गिट्टि निकाल्दै गर्दा स्थानिय ५६ वर्षिय टेका गिरिको ज्यान गएको हो । विद्यालयको २ कोठे भवन निर्माणका लागी स्थानियले श्रमदान गरिरहेको वेला खसेको ढिस्कोमा पुरीएका अन्य २ को अवस्था भने सामान्य रहेको छ । स्थानीय नारायण गिरि र रनु गिरि सामान्य घाइते भएको सिद्धपुर प्राविका प्रधानाध्यापक इश्वर थापाले जानकारी दिनुभएको छ । दिउसो २ वजेतिर गिट्टी निकाल्नको लागी तलवाट खनिरहेको वेला माथिवाट ढिस्को खसेको थियो । ढिस्कोले पुरीएका गिरिलाई तत्कालै निकाली उपचारको लागी लैजाने तयारी भैरहेको वेला ज्यान गएको थापा ले जानकारी दिनुभएको छ । गिरिको खुट्टा, करङ र टाउकोमा चोट लागेको थियो । गिरिका ४ छोरा र १ छोरी रहेका छन् ।