यतिबेला भारत मोदीमय छ । केही दिनपछि प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेका मोदीका कारण यतिबेला बलिउडका तीन हस्ती खान भने तनावमा छन् ।
यदि तपाई ट्वीटर प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पक्कै पनि यो तनावको कारण थाहा पाइसक्नुभएको हुनुपर्छ ।
हिजोआज ट्वीटरमा तीन खान छिटै भारतबाट पलायन भएर पाकिस्तानमा सेटल हुन लागेको चर्चा चुलिएको छ । सलमान, साहरुख र आमिर स्वयंले ट्वीट गर्दै यस्तो घोषणा गरेको देखेपछि उनका फ्यानहरु चकित परेका छन् ।
खानहरुको यस्तो घोषणाको ट्वीट तस्वीर पोष्ट गर्दै कमाल आर खानले यसको सत्यतामाथि प्रश्न उठाएपछि यो बिषय एकाएक भाइरल बन्यो । तस्वीरमा तीनै खानले आफु पाकिस्तान पलायन हुने घोषणा गरेका छन र ती ट्वीटलाई सयौंले रिट्वीट गरेको देखिन्छ ।
खासमा कमलले ट्वीटरमा फैलिएको जाली तस्वीरलाई ट्वीट गरेका थिए । कमालको यो ट्वीटप्रति धेरै खान फ्यानहरुले आक्रोश पोखेका छन् ।
कमाल बिभिन्न समयमा यस्तै बिबादास्पद ट्वीटका कारण चर्चामा आइरहन्छन् । उनी आफैले हालै ट्वीट गर्दै आफु दुबई पलायन हुन लागेको र आगामी पाँच बर्ष दुबईमै रहने घोषणा गरेका छन्