विनोदबाबु रिजाल-चितवन, १२ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गास्थित त्रिशूली नदीमाथि निर्माणाधीन पक्की पुलको ट्रस भाँचिएको छ । चितवनतर्फ दासढुङ्गा र तनहूँको देवघाट क्षेत्र जोड्ने निर्माणाधीन पुलको ट्रस आइतबार बेलुकी आएको हावाहुरीले भाँचेको निर्माण कम्पनी अनक कन्सट्रक्सनले जनाएको छ ।
पुलको बीचको पिलरदेखि तनहूँ क्षेत्रको करिब ८० मिटर लामो भाग भत्किएको छ । केही समययता निर्माण तीव्र पारिएको सो पुलको ट्रस बनाएर निर्माण कार्य भइरहेको थियो ।
करिव १४ करोडको लागतमा बन्न लागेको सो पुल निर्माण गर्ने जिम्मा अनक कन्सट्रक्सन काठमाडौंले पाएको थियो । दुई महिना लगाएर बनाएको गरिएको ट्रस भांचिएपछि निर्माण कार्य ढिला हुने भएको छ । अनक कन्स्ट्रक्सन प्रालिका निर्देशक अमृत श्रेष्ठका अनुसार नट बोल्ट कस्न बाँकी रहेको अवस्थामा एक्कासि आएको ठूलो हावाले ट्रस पल्टाएको हो । झन्डै २ सय ५० टन स्टीलबाट बनेको ट्रस निर्माण र जडानका लागि मात्र पाँच करोडभन्दा बढी खर्च भएको उनले बताए ।
निर्माणधीन पुल भत्किएको विषयमा अनुुसन्धान गर्न सडक विभागको एक टोली चितवन आएको छ । पुल भत्किएको खबरपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख हरि पोखरेललगाएत सम्मिलित टोलीले घटनास्थल निरीक्षण गरेको छ । पुल भत्किनुको कारण अनकुसन्धानपछि पत्ता लगाइने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर हरि पोखरेलले सधैँजसो उत्तरबाट दक्षिणतर्फ हावा बहने सो क्षेत्रमा आइतबार साँझ दक्षिणबाट उत्तरतर्फ वेगले हावा चलेकाले ट्रस झारेको बताए । पुलको निर्माण कार्य १४ महिनादेखि जारी छ ।
चौध महिनाअघि सुरु भएको पुलको निर्माण आउँदो मंसिरमा सक्ने लक्ष्य छ । पुलको लागत १३ करोडको हाराहारीमा छ । लगभग ७० प्रतिशत काम सकिएको अवस्थामा पुगेको पुलको ट्रस भाँचिएपछि काम लथालिङ्ग भएको छ ।
देवघाट क्षेत्रलाई मूल राजमार्गसँग जोड्ने पक्की पुल अहिलेसम्म बनेको छैन । लामो समयको विवादपछि दासढुंगामा मदन भण्डारी दुर्घटनास्थलको आडैबाट पुल बनाउने सहमति बनेको थियो । तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले पुलको शिलान्यास गरेका थिए ।