Home » » भारतियको लागि कोठा भाडामा नदिने देश, सिंगापुर

भारतियको लागि कोठा भाडामा नदिने देश, सिंगापुर


singapur

लमजुङ्, १९ बैशाख- सिंगापुर यस्तो देश हो जहाँ भारतिय व्यक्तिले भाडामा बस्न समेत पाउँदैनन् । भारतियले मात्र होइन चिनिया नागरिकले समेत त्यहाँ भाडामा कोठा पाउँदैनन् । यहाँ अनलाइन विज्ञापनमा नै भारतिय र चिनिया नागरिकले सम्पर्क नगर्नुहोला भनेर उल्लेख गरिएको हुन्छ । कसै कसैले भने तलपट्टी क्षमा मागेर यस्तो लेख्ने गर्छन् । आठ बर्ष ब्रिटेनमा विताएपछि श्रीलंकाली नागरिक सुनील जब आफ्नो जागिरको लागि सिंगापुर गए उनले भाडामा कोठा पाउन पसिना छुटाउनु पर्‍यो । पेशाले इञ्जिनियर सुनीलले बताए कि ब्रिटिश टोनमा उनको धाराप्रवाह अंग्रेजीबाट घर मालिक सुरुमा प्रभावित भएका थिए तर नाम सुनील बताएपछि उनले भने ‘हामी भारतियलाई भाडामा दिदैनौँ’ । सुनीलले घर मालिलाई लाख सम्झाए की आफु श्रीलंकाबाट आएको हुँ, भारतबाट होइन तर घर मालिकले सुन्नै चाहेन । अन्ततः भारतिय घर मालिकको मा भाडामा बस्न जानुपर्‍यो । सिंगापुरमा ९० प्रतिशत घर स्थानीयका छन् । भारतियले पकाउने खाना र सरसफाईमा कम ध्यान दिने भएकोले सिंगापुरवासीले भारतियलाई भाडामा दिदैनन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf