Home » » हँसिया पब्लिसिटीमा सुशिलदेखि प्रचण्डसम्म(भिडियो)

हँसिया पब्लिसिटीमा सुशिलदेखि प्रचण्डसम्म(भिडियो)




 यो सिनेमा प्रचारको अर्को एक नयाँ तरिका हो । जहाँ गायक राजेशपायल राईले विभिन्न नेताहरुको क्यारिकेचर गर्दै हँसिया हेर्न आग्रह गरिरहेका छन् । प्रधानमन्त्री सुशिल कोइरालादेखि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसम्मले हँसिया हेर्न आग्रह गरेका छन् । तर यी सक्कली नेताहरु भने होइनन् ।

हँसिया सिनेमा हेर्नका लागि कलाकार नीर शाहको पनि क्यारिकेचर गर्दै गायक राईले नयाँ शैलीको प्रचार गरेका हुन् । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि हँसिया हेर्न दर्शकलाई हौसाइरहेका छन् ।
यस्तै नेपाली कांग्रेसका अर्का नेता शेरबहादुर देउवाले पनि सिनेमा हेर्न आग्रह गरेका छन् । गायक राजेशपायल राईले विभिन्न नेताहरुको क्यारिकेचर पहिलेदेखि नै गर्दै आएका थिए । निर्देशक मिलन चाम्सले सिनेमा प्रचारका लागि नयाँ खुराक अपनाएको बताए ।

हेमा श्रेष्ठ, राजेश हमाल, अनुपविक्रम शाही लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा पूर्णतया एक्सनप्रधान छ । सिनेमा भोलीबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf