परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label सिने संसार. Show all posts
Showing posts with label सिने संसार. Show all posts

सर्लाहीकी ताइस्यालाई अावास बनाई दिने नायिका सुकुमाया मोक्तानको प्रतिबद्धता




लमजुङ् । सर्लाही लालटिभीका चालीस बर्षीय ताइस्या स्याङतानलाई अावास बनाई दिने भएका छन् ।
नायिका सुकुमाया मोक्तान तथा मोक्तान फिल्मस प्रा.लि.ले विभिन्न माध्यमबाट सहयोग जुटाई घर बनाईदिन निर्णय गरेका हुन् । यसको लागि आर्थिक तथा सहयोगको अभियान चलाउने नायिका मोक्तानले बताइन् ।
ताइस्या शारीरिक र मानसिक रुपमा असक्त छिन् । गरीब परिवारमा जन्मेकी ताइस्याको बुबा र आमा सानै उमेरमा स्वर्गीय भएको बताइन् । परिवारको उनी जेठी छोरी हुन् र एक बहिनी पनि थिइन् । लालटिभीमा उनी सुकुम्बासी रुपमा सानो छाप्रोमा बस्दै आएका थिए तर बर्षाको बढीले छाप्रो बगाई दिए । त्यसपछि उनी बेसाहरा भइन् । बहिनी सानै बर्षमा नै बिवाह भएको थियो ।

ताइस्यालाई तीस बर्षको उमेरमा एक अपरिचित ब्यक्तिले बलकृत भइ गर्भवती भइन र अहिले उनीसँग ९ बर्षीय एक माया घिसिङ छोरी छिन् । स्थानीयले बताएअनुसर ताइस्या र छोरीलाई गाउँको एकजना घिसिङ थरको मान्छेले नाम दिएर पालनपोषण जिम्मा दिएको रहेछ । तर पछि त्यो ब्यक्तिले पनि छोडेर गएपछि आमाछोरी बेसाहरा बनेका छन् । स्थानीयको जानकारी अनुसर ताइस्या अहिले सहयोगको भिख मागीरहेका छन् । तर कोही पनि यो यौनशोसनमा परेका महिलालाई दया र सहयोग गर्न तयार नभएका बताए ।

‘त्यो देखेर मैले प्रत्यक्ष भेटेर छोरी र आमाप्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुबैको जीवन सुरक्षाको व्यवस्था मिलाउनुपर्छ भन्ने लागेर सहयोग जुटाएर बनाइ दिने निधो गरेको हुँ’, नायिका मोक्तानले एक भेटमा बताइन् । यदि हामीले उनको लागि सानो झुपडी मात्रै बनाइदिन सके उनको उद्दार हुनेछन् । मोक्तानले भनिइन्– ‘मैले ताइस्यालाई सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेका थिए तर उहाँ त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् त्यसैले त्यही वरपर बनाइदिने कुरा भयो ।’ जहाँ आमा र छोरी बस्न र रमाउन सकुन ।
त्यसको लागि मेरो मात्र सहयोगले यो सम्भव नभएका कारण तपाईहरुको सहयोगी हातहरुको आवश्यक परेको जानकारी मोक्तानले बताइन् । बेसाहरा र असहाय गरीब दिनदुखीको सेवा गर्नु नै मानवीय  धर्म हो । समस्या उनको छोरी दुबैलाई उचित आधारभुत आवश्यकता व्यावस्था गर्नु पनि रहेको अवस्था छ । ‘यहाँहरुलाई असाहय आमा छोरीको लागि मनको पोको खोल्नु हुने छ भन्ने विश्वास लिएको छु’, नायिका मोक्तानले बताइन् । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने पनि बताइन् ।
सम्पर्क तथा सहयोगको लागि
सम्पर्क नं.  ९८४१३७०९५३ सुकु माया मोक्तान
सहयोगको लागि खाता नं. 0000287176  (Nepal Bangladesh Bank) Moktan  Films.

देश डुबाउने अग्रगामी, जोगाउने चाहिँ प्रतिगामी ! रेखा थापा

१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा हालै प्रवेश गरेकी नायिका रेखा थापाले आफ्नो पूर्व पार्टी नेकपा माओवादी केन्द्र लगायत अन्य कम्युनिष्ट पार्टीका नेताहरुप्रति कडा चुनौती दिएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भक्तपुरमा भएको मध्यमाञ्चलस्तरीय भेलामा बोल्दै उनले विदेशीको विचारबाट बनेका कम्युनिष्ट पार्टीहरुले देशको हित गर्छन् भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरिन् । पार्टी प्रवेश गरेपछि पहिलो पटक आसभामा बोलेकी नायिका थापाले राप्रपालाई प्रतिगामी भन्नेहरुप्रति कटाक्ष गरिन् ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले भनिन् ‘हाम्रो पार्टीलाई प्रतिगामी भनिदोरहेछ, राष्ट्रियता बचाउन र हिन्दु राष्ट स्थापनाका लागि प्रतिगामी भनिन्छ भने रेखा थापा त्यसमा उभिन तयार छ ।’
उनले थपिन्, ‘एउटी आमा अस्पतालमा छटपटाएर बसिरहेकी छिन्, उनलाई औषधी उपचार गराएर घर लैजानु चाहिँ प्रतिगमन, अनि सोझै आर्यघाट लैजानु चाहिँ अग्रगम ? यस्तो आत्मघाती अग्रगमन हामीलाई स्वीकार्य छैन । देशका लागि मनुपरे पनि तयार हुनु

म त लजाउने, चर्चित गायिका रिता लामाको बिशेष अनुरोध,

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक, गत वैशाख १२,२९  को भूकम्पले नेपाल, नेपाल भित्र प्राय जसो ठाउमा तहस नहस बनाएको थियो ! तेस भित्र सिन्धुपाल्चोकको , भुलभुले गा.बि.स  ठुलो सिरुवारी  वाड.न.५ मा  बढी प्रभावित क्षेत्र पर्न गएकाले अहिले सम्म पनि, सरकारीस्तर तथा कुनै पनि संग-सस्था बाट बन्चित हुन पुगेको ले गर्दा आफ्नै ठुलो सिरुवारी, शहिद स्मृति जागृति युवाक्लब ले भुकम्बा बाट तहस नहस भएको  आफ्नो गाउलाई माथि उठाउनको लागि नेपालीहरुको महान चाड दशैँ तिहारको सुभकामना सहित '' शहिद स्मृति जागृति युवाक्लबले'' प्रोग्राम राखिएको छ ! साथै यसको अगुवाई चिरपरिचित गायिका रिता लामाले गर्नु भएको, र उहाको कार्यक्रम सफल पार्नको लागि दर्शकहरुको आवस्यकता भएको हुनाले समस्त सिन्धुपाल्चोक बासिहरु मिलेर शहिद स्मृति जागृति युवाक्लबले गर्न गएको प्रोग्राम लाई सफल पार्नको लागि हार्दिक अपिल गर्नु भएको छ ! "धन्यबाद" 
नेपालीहरुको महान चाड बिजय दशमी तथा शुभ दिपावली शुभकामना 
                    सहित शहीद स्मृति युवाक्लब प्रस्तुत गर्दछ !     

बिबिध मनोरन्जात्मक सास्कृतिक कार्यक्रम २०७२ 
 चर्चित गायिका रिता लामाको साथै, 
अन्य कलाकार ,सरिता लामा,सुमन परियार 
बिक्रम तामाङ्, रेखा थापा मगर, बिना बज्राचार्य 
साथमा हास्य कलाकारको जोडदार प्रस्तुति    

कार्यक्रम 
मिति : २०७२ कार्तिक २५ गते 
समय: बिहान ९ बजे देखि 
स्थान: ठुलोसिरुवारी-३ 

यी हुन् एसएलसी पास नगरिकनै नेपालका चर्चित भएकाहरु

फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् । चर्चा र विवादमा परिरहने पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म नायिका रेखा थापासम्मले एसएलसी पास गरेका छैनन् । पत्रकार धमला १४ वर्षको उमेरमै पत्रकारीतामा आए, उनले पढ्नै भ्याएनन् । नायिका थापाले पनि पढाईमा रुचि नभएपछि कलाकारीतामा संघर्ष गरिन् सफल पनि भइन् । अर्का फिल्म नायक धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बताइन्छ । नायिका करिष्मा मानन्धरको पनि औपचारिक पढाई कक्षा ८ सम्म मात्रै हो । उनले यो तथ्य एक टेलिभिजन अन्तवार्ताका क्रममा खोलेकी थिइन् । तर करिष्माले आफुलाई चाहिँने ज्ञान अनौपचारिक ढंगबाटै लिइन् । औपचारिक अध्ययनमा उनी सफल हुन नसके पनि कलाकारीतामा भने जमिन् । राजनीतितर्फ जाने हो भने प्रधानमन्त्री सुशील कोइरालाले एसएसली पास गरे,नगरेको एकीन छैन । उनले संसद सचिवालयमा पेश गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यता लेखेका छैनन् । कांग्रेस निकट पुराना मानिसहरुका अनुसार उनले सुरु सुरुमा कसैले अध्ययनबारे सोधि हाल्यो भने स्वअध्ययन भन्ने गर्थे । केहीले प्रधानमन्त्री कोइरालाले एसएलसी गरेको पनि भन्ने गर्छन् । नेकपा एमालेका नेता अमृत बोहोराको औपचारिक अध्ययन पनि १० सम्म मात्रै हो । एसएलसी पास नगरेको वा गर्न नसकेकाहरुको खोजी संविधानसभामा गर्ने हो भने धेरै पाउन सकिन्छ । संविधान निर्माण गर्ने तहमा पुगेका धेरैले एसएलसी पास गरेका छैनन् । केही त साक्षर मात्रै छन् । एमाले दैलेखका सभासद् अम्मरबहाुदुर थापा, रोल्पाबाट कांग्रेसका सभासद अमरसिंह पुन, तमसपा सर्लाहीकी अमेरिका कुमारी, धनुषाबाट तमलोपाकी इन्द्रा झा, धनुषाबाटै संघीय समाजवादीका उर्मिलादेवी साह, मोरङका एमाले सभासद चन्द्रबहादुर गुरुङलगायत धेरैको छन् । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पनि औपचारिक अध्ययन १० कक्षासम्म मात्रै हो । संसदसचिवालयलाई बुझाएको विवरणमा उनले शैक्षिक योग्यता लेखेका छैनन् । एसएलसी पास नगर्दै पनि चर्चित र सफल हुनेमा समाजसेवी दिलशोभा श्रेष्ठ पनि हुन् । त्यस्तै एमालेबाट अघिल्लो संविधानसभामा सभासद् रहेकी शान्ता चौधरीले पनि एसएलसी पास गरेकी छैनन् । चौधरी अहिले कक्षा ८ मा अध्ययन गर्न विद्यालय भर्ना भएकी छिन् । पुर्वकमलरी रहेकी चौधरीले आफ्नै जीवनका संघर्षहरु समेटेर शान्ता चौधरी नामक किताब पनि लखेकी छिन् । 

नायिका प्रियंका कार्की माथी भूकम्पको नाममा उठाएको पैसाले कार किनेको आरोप

विनाशकारी भूकम्पले हजारौको ज्यान लियो, हजारौ घाइते भए र लाखौ घरबार बिहिन भए , महाभूकम्पको मारमा परेकाहरुलाई कैयन देशी -बिदेशी हरुले सहयोग गरे र गर्दैछन । यस्तैमा नेपाली कलाकारहरुले पनि सक्दो सहयोग जुटाएका तथा आफैले पनि सहयोग गरेका छन्। तर यो हप्ता एक जना चर्चित नेपाली चलचित्रका हिरोइनलाई भने भुकम्प पिडितको नाममा उठाइएको रकम बाट कार किनेको आरोप लागेको छ ।



कुरा हो नायिका प्रियंका कार्कीको, झोले, नाइँ नभन्नु ल २ र नाइँ नभन्नु ल ३ जस्ता सफल चलचित्र बाट छोटै समयमा स्थापित नायिकाको रुपमा उभ्याउन सफल यी नायिका अहिले भने भर्खरै किनेको नया कारको कारण जघन्य आरोप खेपिरहेकी छिन । प्रियंका कार्की भूकम्प पश्चात भूकम्प पिडित हरुको सहयोगार्थ यु के मा आयोजित बिभिन्न नेपाली कार्यक्रमहरुमा सरिक भएकी थिइन्। यू के बाट फर्के पछि केहि संचार माध्यममा प्रियंका ले आफ्नै कमाइले नया कार किनेको सकारात्मक समाचारहरु आएका थिए ।

प्रियंका स्वयमले भने जून १९ तारिखमा फेसबुक मार्फत शेयर गरेकी थिइन् यस पश्चात बिभिन्न व्यक्तिहरुले प्रियंकाले यू के मा भूकम्प पिडित को लागि कति उठाइयो र कहाँ खर्च गरियो कि त्यहि पैसाले आफ्नो लागि नया कार किनेको त हैन ? भनि प्रश्न तेर्स्याएका छन । , जून एक चर्चित नायिकाको लागि एक दमै गम्भीर आरोप हो । तर प्रियंकाले भने आफ्नो फेसबुक स्ट्याटस सच्याएर उक्त कार भूकम्पको २ दिन अघिनै किनेको बताएकी छिन । के थाहा प्रियंकाले आफ्नो सच्चाइ प्रमाणित गर्न कार किनेको मिति देखिने बिल समेत देखाउनु पर्ने हो कि ? 

कलाकार महोदय ! राहतका नाममा विदेशमा रमिते नबन्नुहोस् ! एकमुठी चिउरा बाँड्दै सेल्फी खिचाउँदै ?


लमजुङ, बैशाख ! एक मुठ्ठी श्वासका लागि कसैको अगाडि भिख नमाग्ने जनता हुन् नेपाली । आफ्नै बलले आफूलाई सिर्जित गर्न सक्ने र उभ्याउने साहस छ नेपालीमा । यसैले, नेपालीहरु गरिब होलान्, तर आफ्नो इज्जत बेच्दैनन् । स्वाभिमानी छन्, सडकमा मागेर हिँड्दैनन् ।
अहिले महाभूकम्पका कारण नेपालीको शरीर दुखेको छ, तर हिम्मत हारेको छैन । धरहरा भाँच्चिएको छ, तर साहस ढलेको छैन । महाभूकम्प आएपछि विश्वबाट नै सहयोगका राशी आइरहेका छन् । तर, महाभूकम्पको रकम संकलन गर्ने र राहत वितरण गर्ने नाममा चर्चाको लोभ पनि देखिएको छ ।
अमेरिकामा बस्ने केही नेपाली कलाकारले राहतका नाममा सडकमा हात फैलाए । भलै, उनीहरुले सहयोगका लागि हात फैलाउँदा रकम पनि जुट्यो होला । तर, त्यसले नेपालीको इज्जत र सम्मान कहाँ पुग्यो, त्यो सोच्ने कि नसोच्ने ?
ranjana-sharmaनेपालीसँग खानका लागि १ डलर पनि छैन, नेपालीहरु गरिब छन् भन्ने सन्देश विश्वसामु किन छर्दैछौं हामी ? बाकस बोकेर सडकमा आउनु पहिले के कुनै कलाकारले १ रुपैयाा गोजीबाट झिके ? अरुसँग हात फैलाउनु अघि हामीले आफैले आफ्नो गोजीबाट कटाएर कति रकम सहयोग गर्‍यौं त ?
आजसम्म हेर्ने हो भने विश्वमा बस्ने कुनै पनि नेपाली कलाकारले आफ्नै गोजीबाट १ डलर निकालेका छैनन् । अरुले गरेको सहयोगलाई यति गरे र उती गरे भनेर प्रचारवाजी मात्र गरिरहेका छन् ।
हो, नेपालीलाई यतिबेला सहयोग चाहिएको छ । तर, सहयोग माग्ने नाममा आफ्नो स्वाभिमान नबेचौं । नेपालीसँग पैसा छैन भन्ने भ्रम विश्वलाई नछरौं । नेपालीहरु यस्ता विपत्तमा खान नपाएर भोक भोकै मर्दा रहेछन् भन्ने सन्देश के हाम्रो स्वाभिमानका लागि स्वीकार्य छ र ?
बरु कुनै कार्यक्रम गर्नुहोस्, रेष्टुरेन्ट वा हलमा मानिसहरुलाई कुनै न कुनै तवरले आकर्षित गरेर रकम संकलन गर्नुहोस् । तर, विश्वका विभिन्न सडकमा बाकस बोकेर रमिते नबन्नुहोस् । पहिले आफूले के दिएँ भन्ने सोच्नुहोस् । देशलाई मगन्ते नबनाउनोस् ।
राहतका नाममा सेल्फीको मोह र प्रचार
विदेशमा बस्ने कलाकारका कुरा छाडौं, नेपालमा पनि केही चलचित्रकर्मी राहतका नाममा सस्तो लोकप्रियता खोजिरहेका छन् । चाउचाउ बाँडेका र चिउरा दिएका तस्बिर फेसबुकमा पोष्ट गरेर ‘गुड जब’को कमेन्ट खोजिरहेका छन् ।
केही चलचित्रकर्मी दिन रात नभनी राहत वितरण र सहयोगमा जुटेका पनि छन् । ती चलचित्रकर्मीको कामलाई तारिफ गर्नैपर्छ । तर, केहीलाई भने सेल्फी खिचेर फेसबुकमा हाल्ने मोहले छोएको छ । अहिले चलचित्र क्षेत्रमा यो विषयमा आलोचना पनि सुरु भएको छ ।
यस्तै, राहत वितरणका लागि चलचित्रको नाम जोडेर मिडियामा प्रचार गर्नेहरु पनि देखिएका छन् । यो समय सहानुभूतिको हो, प्रचारको होइन ।
तपाईले वितरण गरेको राहत कसैका लागि ठूलो सहयोग हुनसक्छ, तर, त्यसमा चलचित्रको नाम र प्रचारको आशा गर्नु के सही होला ?
कुन चलचित्रकर्मीले गोजीबाट कति निकाले ?
नेपालमा एउटा चलचित्रबाट ५ लाखसम्म लिने कलाकार पनि छन् । एउटै चलचित्र निर्देशन गरेको महंगो पारिश्रमिक लिने चलचित्रकर्मी पनि छन् । एउटै चलचित्रबाट करोड कमाएको कुरा गर्ने निर्माता पनि छन् ।
तर, कुनै पनि चलचित्रकर्मीले आजका दिनसम्म एक रुपैयाँ आफ्नो गोजीबाट निकालेका छैनन् । अरुले दिएको राहतलाई वितरण मात्र गर्ने कि अब आफूले पनि सहयोगका लागि मन कमलो बनाउने ? हामी सामान्य रकम सहयोग गर्न नसक्ने कोही पनि छैनौं ?
चलचित्रकर्मी, पत्रकारका घर ध्वस्त भएका छन् । उनीहरुको पनि बस्ने बास, खाने गास काटिएको छ । अब, यो रकम पनि अरुसँग हात फैलाएर माग्नुभन्दा आफूबाट नै निकाल्ने हो कि ?

कोहिनुरको सम्पुर्ण कमाई भुकम्प पिडितलाई दिने स्वेता को घोषणा

लमजुङ, बैशाख १६। नाईका स्वेता खड्का द्वारा हाल अमेरिका को विभिन्न हल हरुमा प्रदर्शन भैरहेको आफ्नो फिल्म कोहिनुर ले त्यहा स*कलन गर्ने सम्पुर्ण रकम भुकम्प पिडित लाई दिने घोषणा गरेकी छन्।फेसबुक मार्फत आफ्ना भनाइ सार्बजनिक गर्दै आफु अमेरिकामा उपचार का क्रममा रहेकाले नेपाली ले भोगेको यस्तो पिडा मा साथ दिन नसकेको मा दुख्ख ब्यक्त गर्दै लेखेकी छन्”बल्ल बल्ल आफु लाई समाल्न सकेकी थिए आज एक्कासी नेपाली लाई आएको बिपत्तीले मेरो टालिएको मन फेरी च्यातिएको छ। मा सार्है मर्माहत छु, चाहेर पनि मा आफ्नो देश आउन सक्दिन, डाक्टरको सल्लाहा अनुसार अझै केहि दिन बस्नु परेको छ तर मा मेरो प्यारो देश र देश मा बिपत्ति भोग्ने प्रिय तपाईहरु को निम्ति प्रार्थाना गरिरहेकी छु. त्यसैले यो फेसबुक मार्फत जानकारी गराउन चाहन्छु अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन हुन गैरहेको कोहिनुर चलचित्र बाट संकलित सबै रकम भुकम्प पिडितलाई सहयोग गर्न चाहान्छु। र सबै जनालाई यो पनि अनुरोध गर्न चाहन्छु मेरो परिवार तेरो परिवार नभनी सबै हाम्रो रगत हुन्, हाम्रो आमा एउटै हो र धर्तिमाता सम्झेर आ- आफ्नो ठाउ बाट सहयोग गर्नु हुन पनि अनुरोध गर्दछु। 

इभाना मानन्धर बनिन् मिस नेपाल ( भिडियो सहित् )



५ वैशाख, काठमाडौं । न्यूरोड भोटेबाहलकी इभाना मानन्धर यस वर्षको मिस नेपाल भएकी छिन् । भर्खरै उनी विजेता घोषणा भएकी हुन् ।उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्‍याइदिइन् ।

कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् ।
उनले १८ प्रतिस्पर्धीलाई पछि पारिन् । दिव्यता बैद्य फस्ट रनर अप भइन् । सेकेण्ड रनर अप मेधा कोइराला भइन् ।
द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् ।

निजी विमान चढेर शाहरुख खान काठमाडौंमा

काठमाडौं:  बलिउडका चर्चित अभिनेता शाहरुख खान सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन्। उनी अपरान्ह ३‍.३० बजे आफ्‍नो निजी विमानबाट काठमाडौं आइपुगेका हुन्। न्यारोल्यक  पेन्टस्‌ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन्। शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ।

शाहरुख खानले काठमाडौं ल्याएको निजी विमान (फाइल तस्‍बिर)
करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुनः मुम्बई फर्कने कार्यक्रम छ। विमानस्थलबाट उनी सिधै  होटल हायतमा जाने छन्। केहीबेरको विश्रामपछि उनी न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनेछन्। पत्रकार सम्मेलनमा नेपाली कलाकार प्रियंका कार्कीलगायतका सहभागी हुने छन्। सम्मेलनपछि आयोजना हुने विशेष कार्यक्रममा शाहरुख सामुन्ने नायिका प्रियंकाले नृत्य गर्ने कार्यक्रम छ।
शाहरुखले अभिनय गरेका 'ह्याप्पी न्यु ईयर'को 'लभ्ली', डनको 'आजकी रात', 'चेन्नई एक्सप्रेस'को 'लुंगी डान्स', 'शक्ति'को 'इस्क कमिना' र बिल्लु बार्बर'को 'मर्जानी मर्जानी' बोलको गीतमा प्रियंकाले  डान्स गर्ने आयोजकले जाकारी दिएको छ। प्रियंकालाई अन्‍य एक दर्जन कलाकारले साथ दिनेछन्। 

सोफियाले होलीको अवसर पारेर टपलेश तस्विर सहितको फोटो शुट गराएकी हुन् । फोटो शुटमा सोफिया विकिनी लगाएकी देखिन्छिन् ।

sofiya hayat holi 1
sofiya hayat holi
सोफियाले होलीको अवसर पारेर टपलेश तस्विर सहितको फोटो शुट गराएकी हुन् । फोटो शुटमा सोफिया विकिनी लगाएकी देखिन्छिन् ।
sofiya hayat holi 1
होली खेल्दै देखिएकी सोफिया हट देखिएकी छिन् । सोफियाले होली खेलने क्रममा फरक फरक पोज दिएकी छिन् ।
सोफियाले केही दिन अघि मात्र बाथरुममा नुहाएको भिडियो सार्वजनिक गरेकी थिइन् । अघिल्लो होलीमा भने पुनम पाण्डेले यस्तै हर्कत गरेकी थिइन् ।
sofiya hayat holi 1 sofiya hayat holi 1 sofiya hayat holi 1 sofiya hayat holi 1  sofiya hayat holi 1 sofiya hayat holi 1
nasha

नातिनीको एल्बम विमोचनमा आएका प्रचण्ड र उनकी पत्नी दुवै रोए (फोटोफिचर र भिडियोसहित)

काठमाण्डौ, असोज ०९– आफ्नो १६ वर्षिया नातिनी स्मिता दाहालको एल्बम विमोचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सिता दाहाल दुवै रोए ।
prachanda
यसैवर्ष निधन भएकी आफ्नी ठुली आमा तथा प्रचण्डकी छोरी ज्ञानु दाहालप्रति समर्पित गर्दै स्मिताले सार्वजनिक गरेको आफ्नो दोश्रो एल्बम ‘स्मिता–२’ को विमोचनमा प्रमुख अतिथि बनेका प्रचण्ड मन्तब्य राख्दाराख्दै रोएका हुन् । वरिष्ठ नेता देखि चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको माहोललाई प्रचण्डले जनयुद्धसंग दाँजेका थिए । जनयुद्धमा ‘हाँस्दा हास्दै रोएको र रुँदा रुँदै हासेको’ स्मरण गर्दै उनले आजको माहोलपनि त्यस्तै भयो भन्दै गर्दा आँखाबाट आसु झरेका थिए ।
कलाकार र राजनितिज्ञको अन्तरसम्बन्ध रहेको पनि प्रचण्डले बताए । ‘कला, साहित्य र संगितप्रति रुची नभएको मान्छे सफल राजनितिज्ञ हुन सक्दैन्’,उनी भन्दै थिए– ‘त्यस्तै राजनितीप्रति झुकाव नभएको मान्छे सफल कलाकर्मी हुन सक्दैन् । ’ उनले आफ्नी श्रीमती सिता राम्रो गाउन सक्ने बताउँदै वातावरण भएको भए राम्रो गायिका बन्ने समेत भन्न भ्याए ।
smita-dahal
प्रचण्डको नातिनी भएकै कारण स्मिता चर्चामा आउने कुराहरु पनि कार्यक्रममा उठेका थिए । प्रचण्डले त्यस विषयमा पनि प्रष्ट पार्न खोजे । ‘म राजनितीमा छु र मेरी नातिनी संगित क्षेत्रमा प्रवेश गरेकी छिन्’ प्रचण्डले भने– ‘मैले रोजेको बाटोमा ताली र गाली दुवै पाइन्छ, उनको मा ताली नै ताली पाइन्छ् । ’ ‘म ताली र गाली दुवै खाएर अघि बढ्नेछु, उनी ताली नै ताली खाएर अघि बढ्नेछिन्’, उनले थपे । स्मिता प्रचण्डको नातिनी नभनेर स्मिताको हजुरबुबा प्रचण्ड भन्ने दिन आओस् अपेक्षा पनि उनले गरे ।
त्यस्तै कार्यक्रममा प्रचण्डकै छेउमा बसेकी उनकी पत्नी सिता पटकपटक मञ्चमै रोएकी थिइन् । आफ्नो स्वर्गीय छोरी ज्ञानुमा समर्पित एल्बम सार्वजनिक कार्यक्रममा ज्ञानुकै यादका कारण उनी रोएको हो भन्ने सहजै अड्कल गर्न सकिन्थ्यो ।
prachanda-and-her-wife
एल्बम बिमोचन समारोहमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका नेता मोहन वैद्यले स्मिताको गीतमा प्रगतीशिल गीत पनि सुन्न पाउँने आशा राखे ।
Smita-2-album
नेकपा एमालेका नेता माधवकुमार नेपालले कार्यक्रममा रमाइलो गर्दै भने- ‘प्रचण्डजी यसै त मख्ख पर्ने मान्छे, झन् नातिनीको एल्बम बजारमा आउँदा झनै मख्ख पर्नु भएको छ ।’ नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले स्मिताबाट सबैलाई प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा गीतकार डा. कृष्णहरी बरालले स्मिताको एल्बममाथि समिक्षा गर्दै उनको गायकीमा राम्रो सम्भावना देखेको बताए । चर्चित गायक रामकृष्ण ढकालले पनी उनको स्वरको प्रशंसा गर्दै उनीसंग युगल गीत गाउँने इच्छा प्रकट गरेका थिए ।
यता सदाबहार नायक भुवन केसीले त उनलाई आफ्नो आगामी चलचित्रमा गीत गाउन दिने प्रतिवद्धता नै व्यक्त गरे । कार्यक्रमको संचालन चर्चित कार्यक्रम प्रस्तोता नरेश भट्टराईले गरेका थिए ।
Smita-2-album
स्मिताको ‘स्मिता २’ एल्बममा ५ वटा गीत समावेश छन् । डाक्टर कृष्णहरी बराल, डाक्टर भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रेमशराज भट्टराइको एल्बमका गीतमा शब्द छ । एल्बममा समावेश गीतमा सुरेश गैरे, बसन्त सापकोटा, शिखर सन्तोष, चेतन सापकोटा र रमेशराज भट्टराइले संगीत भरेका छन् । कार्यक्रममा गायिका दाहालले २ वटा गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । यो एल्बममा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखीझ्याल’, ‘पराइको भयौ तिमी’, ‘पि्रय तिम्रो हृदयमा’ बोलका गीतहरु छन् ।

अञ्जुका अधिकारका पक्षमा अघिल्लो बुधवार सहदेव कोइरालाले लेखेको दसैँको गीत गाउन अञ्जु पन्तले अस्वीकार गरिन् । वास्तवमा त्यो गीत थिएन, दसैँको शुभकामनाको सानो अंश थियो ।

Anju-panta
युबराज तामाङ्
सामाजिक सञ्जालमा अहिले गायिका अञ्जु पन्तलाई ‘हिन्दू धर्म विरोधी’का रूपमा प्रचार गरिएको छ । वास्तविकता नबुझी एकतर्फी रूपमा फैलाएको अफवाहमा टेकेर ‘हमलासम्म गर्ने’ धम्की उनको फेसबुक र मोबाइलमा निरन्तर आइरहेका छन् ।
अघिल्लो बुधवार सहदेव कोइरालाले लेखेको दसैँको गीत गाउन अञ्जु पन्तले अस्वीकार गरिन् । वास्तवमा त्यो गीत थिएन, दसैँको शुभकामनाको सानो अंश थियो । म्युजिक कम्पनीका मालिकसमेत रहेका कोइरालाले ब्यापारिक प्रयोजनका लागि उक्त शुभकामना रेकर्ड गराउन चाहेका थिए । दसैँका बेला मोबाइलमा धेरै आरबीटी डाउनलोड हुने लोभले अञ्जुको स्वरमा रेकर्ड गराउन खोजिएको उक्त शुभकामना गीत अञ्जुलाई चित्त बुझेन । सहदेवका अनुसार पनि अञ्जुलाई गीत गाउन बोलाउँदा गीत हो वा गीतांश भनेर प्रस्ट भनिएको थिएन । ‘दसैँको शुभकामना गीत’ भनिएकाले अञ्जु गाउनका लागि स्टुडियो पुगेकी थिइन् । स्टुडियोभित्र पसेपछि मात्रै उनले थाहा पाइन्– त्यो दसैँको गीत नभई शुभकामनामात्रै थियो । अञ्जुका अनुसार सीधै अस्वीकार गर्नुभन्दा बहाना खोज्न जरुरी भयो । त्यसैले उनले आफूलाई सञ्चोसमेत नभएको उल्लेख गर्दै भनिन्, ‘मलाई सञ्चो पनि भएन, यस्तो गीत नगाऊँ होला ।’
जमलस्थित मालश्री स्टुडियोमा रहेका एकजना संगीतकर्मीले भने, ‘आफूले नै दसैँका अवसरमा शुभकामना दिएजस्तो सुनिने त्यो गीतांशमा दुर्गामाता शब्द उल्लेख भएकाले अञ्जुले ‘म गाउँदिनँ’ भनिन् । उनले आफू प्रभु ईशुको भक्त भएको बताउँदै त्यो गीतांश गाउन नसक्ने बताइन् ।’ गीतकार सहदेवले हिन्दू धर्मका गीत गाउन नमानेका रूपमा बुझेर आफैँले सञ्चारमाध्यमलाई ‘अञ्जुले हिन्दू देवीदेवता उल्लेख भएको गीत गाउन अस्वीकार गरेको’ समाचार टिपाए । त्यही समयमा समाचार पाउने सञ्चारमाध्यम (मैले पनि ) अञ्जुलाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरिनन् । सहदेवले सञ्चारमाध्यमलाई ‘दसैँको गीत’ नै भनेर दाबी गरेका थिए । त्यो गीतांशमात्रै थियो–
सुख र शान्ति रहोस् जीवनमा ओठमा हाँसो छाओस्
दुर्गामाताको आशीर्वादले सोचेजस्तै पुग्दै जाओस्
पुकार्दै मनले नवदुर्गालाई गरेर मनको कामना
तिमीलाई मेरो यो दसैँको शुभकामना
कवि भूपि शेरचनले उहिल्यै भनेका थिए– ‘यो हल्लै हल्लाको देश हो ।’ दसैँको यो शुभकामना टुक्रा गाउन नमानेको समाचार अनलाइन सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा अञ्जुलाई ‘हिन्दू धर्म विरोधी’ बनाएर स्ट्याटस लेख्न र ट्वीट गर्न थालियो । ‘कागले कान लग्योे’ भन्दा कान नछामी कागको पछि दौडिने क्रम त्यतिबेलैदेखि सुरु भएको थियो, जुन अहिलेसम्म रोकिएको छैन । अञ्जुले शुभकामना गाउन अस्वीकार गरेको कुरालाई ‘धार्मिक प्रहार’ का रूपमा बुझ्दा र फैलाउँदा अहिले नेपाली सांगीतिक दुनियाँकी होनहार प्रतिभा असह्य मानसिक पीडाबाट गुज्रिरहेकी छिन् ।
नेपालको कानुनमै उल्लेख छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन हुनु हुँदैन ।’ त्यही कानुनअनुसार नेपाली नागरिक अञ्जुलाई पनि आफूलाई गाउन मन नलागेको गीत गाउन अस्वीकार गर्ने पूरा अधिकार छ । के बिर्सिनु हुँदैन भने उपयुक्त गीत छनोट गर्ने स्वविवेकले पनि अञ्जुलाई अब्बल नेपाली गायिकाको पंक्तिमा पु¥याएको हो । उनले आफूलाई मन नपरेको गीत गाउन नमान्दा उनको व्यक्तिगत जीवन, धर्म र आस्थामाथि नै आघात पर्ने गरी टीकाटिप्पणी गर्ने कार्य शत प्रतिशत नाजायज हो ।
अञ्जुले ‘हिन्दू देवीदेवताको नाम उल्लेख भएको गीत गाउँदिनँ’ भनेको भन्ने कुरा सही नै भए पनि उनीविरुद्ध ‘जेहाद’ नै छेड्ने अधिकार कसैलाई हुँदैन । किनभने, हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौँ । त्यसमाथि धर्मनिरपेक्ष देशमा आफूलाई उचित लागेको धर्म मान्ने र त्यसका पक्षमा बोल्न पाउने अधिकार सबै नागरिकलाई हुन्छ । ‘अञ्जुले हिन्दू धर्म राम्रो छैन, त्यसैले गाउँदिनँ’ भनेको भए त्यसको विरोध स्वाभाविक हुन्थ्यो होला । तर, उनले त्यस्तो भनेकी छैनन् ।
अञ्जु क्रिस्चियन भएको निकै वर्ष भइसक्यो । नेपाली फिल्म इतिहासकै उच्च व्यवसाय गरेको फिल्म ‘कोहिनुर’ सामाजिक सञ्जालमा पहुँच भएका थुप्रैैले हेरिसकेका छन् । त्यहाँ एउटा प्रसंगमा देउसीभैलो खेलिएको छ । देउसीभैलोको गीतमा छमछमी नाचेको दृश्य धेरैले हेरेको हुनुपर्छ (युट्युबमा पनि हेर्न पाइन्छ त्यो गीत) । हेर्नेले ख्याल गरेको पनि हुनुपर्छ, नारी स्वर अञ्जु पन्तको हो । अघिल्लो वर्ष विनोद बाजुरालीको शब्द÷संगीतमा एउटा तीजको भाकामा अञ्जुले स्वर भरेकी थिइन्, ‘म त नाचँे ।’ नम्रता श्रेष्ठले कम्मर मर्काएको त्यो गीतमा देवीदेवता भन्ने शब्द धेरै प्रयोग भएका छन् । यतिमात्रै होइन, त्यसभन्दा अघिल्लो वर्षको अर्काे एउटा तीज गीत असाध्यै हिट भएको थियो, ‘तिम्रै लागि हो ।’ त्यहाँ पनि नारी स्वर अञ्जु पन्तकै थियो । विनोद बाजुरालीले नै पुरुष स्वर भरेको गीतमा उनले प्रस्टै ‘मै मन्दिर गएको तिम्रै लागि हो’, ‘देवीदेवता भाक्छु’ खालका शब्द गाएकी छिन् । यसकारण पनि ‘अञ्जुले हिन्दू धर्मको गीत भएकाले गाउन मानिनन्’ भनिनु आफैँमा अफवाह हो ।
यही गीतांश गाउन नमानेको हल्लाले अञ्जुले क्रिस्चियन भएका कारण यसो गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा ‘अञ्जुलाई बहिष्कार गरौँ’ सम्मका उग्र नारा फिँजाएका छन् । धर्मकै कारण नेपाली प्रतिभा अञ्जुलाई बहिष्कारसम्म गर्न चाहनेहरूले बुझ्नुपर्छ– हामीले धेरै फिल्म हेर्ने कट्रिना कैफ, सलमान खानहरू हिन्दू होइनन् । धेरै सुनिने सकिरा र रिहानाहरूले मन्दिर देखेका छैनन् । यसै पनि अञ्जु हिन्दू वा क्रिस्चियन भएका कारण गायिका बनेकी होइनन् । उनको मीठो स्वर भएकाले उनलाई हामीले सुनेका हौँ । हामीले मन पराएका कारणले मात्रै आज उनी गायिका बनेकी हुन् ।
वर्तमान समयकी अब्बल गायिकामध्ये पर्ने अञ्जु केही दिनदेखि तनावग्रस्त छिन् । परिवारका सदस्य भन्छन्, ‘खाना नखाएको र सुत्न नसकेको पाँच दिन भइसक्यो ।’ फेसबुके हल्लाबाजहरूबाट अञ्जु पीडित भएको यो पहिलोपल्ट होइन । यसअघि अञ्जुजस्तै देखिने कुनै भारतीय युवतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा फिँजिँदा पनि उनी जीवन–मरणको दोसाँधबाट गुज्रिएकी थिइन् ।
सबैभन्दा ठूलो कुरा माफी माग्नु हो । यति हुँदाहुँदै पनि अञ्जु हठी भएर बसेकी छैनन् । उनले ‘जानअन्जानमा गल्ती भएको भए माफी पाऊँ’ भन्दै हस्तलिखित माफीपत्र नै सार्वजनिक गरिसकेकी छिन् । अब पनि उनका विरुद्ध विष वमन गर्नु कुनै पनि दृष्टिले मानवीय हुन सक्दैन ।

अन्जु पन्तले हिन्दु धर्मालम्बीका देवीदेवतासम्बन्धी गीत गाउन मानिनन् ! उहाको आलोचना गर्नु बेकार हो उहालाई गाउन मन परेन गाउनु भएन अरुको बारेमा लेख्दा अलि मिलाएर लेखने कि मित्रहरु ?

Anju-panta
काठमाडौं, १९ भदौ । गायिका अञ्जु पन्तले भगवान् (हिन्दु धर्मालम्बीका देवीदेवता) का गीत गाउन अस्वीकार गरेकी छिन् । दशैंको पूर्वसन्ध्यामा ‘देवीले रक्षा गरुन्’ भन्ने आशयको दशैँको शुभकामना गीत गाउन उनले अस्वीकार गरेकी हुन् ।
सहदेव कोइरालाको रचनामा अञ्जुको स्वरमा रेकर्ड हुन लागेका उक्त गीतका शब्द हेरेपछि अञ्जु बुधवार स्टुडियोबाट गीत नगाइ फर्केकी छिन् । सहदेवले माथिको घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘मैले शुभकामना गीत भनेर गाउन बोलाएको थिएँ, उहाँले ‘भगवान जोडिएको गीत नगाउने’ भनेर फर्किनुभयो ।’
केही वर्षदेखि अञ्जु क्रिस्चियन धर्मावलम्बी बनेकी छिन् । आफूले गीत गाउन नमानेको स्वीकार्दै अञ्जुले भनिन्, ‘मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।’ 
अञ्जुको यो व्यवहारले धेरै फ्यानहरुले चित्त दुखाएका छन् । सामाजिक सञ्जालहरुमा अञ्जुको चर्को आलोचना भइरहेको छ ।

रुपले अनि सुन्दरता भएकी भर्खरै मात्र मोड्लिङ क्षेत्रमा जम्न थालेकी हामी सबैको ढुकढुकि जया राना



_MG_3716लमजुङ्, सुर्खेत स्थायी घर भइ केहि समय देखि काठमान्डौ बस्दै आएकी २३ बर्षिया जया राना मोड्लिङमा सुन्न थालिएको नयाँ नाम हो । ५ फिट ३ इन्च हाइट भएकी जयाको शारीरिक बनौट ३६x२८x३४ छ । उनले केहि लोकदोहोरी म्युजिक भिडियोमा समेत अभिनय गरि सकेकी छिन् । डान्स,घुमफिर र कुकिंङमा सौख भएकी रानाले स्कुल देखि नै डान्स गर्दै आएकी थिइन् भने विभिन्न राष्ट्रिय कार्यक्रममा समेत उनले आफ्नो प्रतिभा देखाइसकेकी छिन् । फिल्म ‘बन्धकी’ मा नायिका निरुता सिंहको साथिको रुपमा पहिलो पटक क्यामरा फेस गरेकी यीनले गुरुङ फिल्म’सुनीमाया’ मा केहि वर्ष पहिले सहनायिकाको रुपमा काम गरिसकेकी छिन् । त्यस लगत्तै जयाले ‘बन्धन यो मायाको’ फिल्ममा पनि कलाकरको रुपमा काम गरिसकेकी छिन् । उनले अभिनय गरेको बिष्णु माझि र खुमन अधिकारीको गीत ‘तिम्रो छायाले’ रामजी खाडको ‘चिसो चिसो हिउले’ बोलको म्युजिक भिडियोले उनलाई चिनाएको छ ।उनले अहिले मोड्लिङ र राम्रो फिल्ममा काम गरेर कलाकारितामा जम्ने अठोट गरेकी छिन् । विदेशमा समेत सांगीतिक कार्यक्रममा सहभागी जनाइसकेकी मोडल जयाको भविष्यमा गीति एल्बम निकाल्ने रहर रहेको बताइन् !
jaya rana filmybazar2
jaya rana filmybazar1



जया रानाको पन्ध्र असार बिशेष फोटो पिक्चर सहित हेर्नु होला साथ मा सबिन र रोमी को साथमा

असार पन्ध्र(रोपाई)बिशेष:
सविन श्रेष्ठ
जया राना
रोमी घिमिरे
तस्बिर:साइमन राइ मेक अप:शमसेर लामा लोकेसन:पुरानो ठिमी,भक्तपुर








तस्बिर:साइमन राइ मेक अप:शमसेर लामा लोकेसन:पुरानो ठिमी,भक्तपुर

रुद्रपुरकी तेरियाले इतिहास रचिन् तेरियाको जिबनी,

बुटवल : अन्तत: भारतीय टेलिभिजन च्यानल जीटीभीमा प्रसारित 'डीआईडी (डान्स इन्डिया डान्स) लिटिल मास्टर्स' सिजन ३ को उपाधि रूपन्देही रुद्रपुरकी तेरिया फौजा मगरले चुमेकी छन्। चार महिनाको अथक मेहनतपछि शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछाडि पार्दै तेरियाले इतिहास बनाएकी हुन्। उनले उपाधिसँगै पुरस्कारस्वरूप ५० लाख भारु र सानदार कार प्राप्त गरेकी छन्।

तेरिया सवा अर्ब जनसंख्या भएको र संसारमा सनातन संस्कृतिको मुख्य केन्द्र मानिएको भारतको सांगीतिक क्षेत्रमा चार लाख प्रतिस्पर्धीलाई जितेर धु्रवताराझैं चम्केपछि मगर परिवारमात्रै होइन रूपन्देही जिल्लाका साथै सम्पूर्ण नेपालीबीच उमंग छाएको छ। प्रतियोगितामा भारत कोलकाताकी आठ वर्षीया अनुष्का क्षेत्री फस्र्टरनर अप हुन सफल भइन्। बैंगलोरका १० वर्षीय स्वाधीन सेट्टी र मुम्बईका १२ वर्षीय हार्दिक रूपरेल क्रमश: तेस्रो र चौथा घोषित भए। १४ वर्षमुनिका बालबालिकाले भाग लिन पाउने 'डीआईडी लिटिल मास्टर्स' मा चार लाख प्रतियोगी सहभागी भएकोमा ४० हजार छनोट गरी प्रतियोगिता अगाडि बढाइएको थियो।
गुल्मीको ठुलो लुम्पेक वार्ड नम्बर १ बाट बाट रुपन्देहीको रुद्रपुरमा आइ बसेका तेरियाका परिवार
 सामान्य परिवारमा जन्मेकी ११ वर्षीया तेरियालाई हिन्दी भाषाको ज्ञान थिएन। तर टेलिभिजनमा प्रतियोगिता हेरेको भरमा यति ठूलो उपाधि जित्न सफल भएकी हुन्। तेरियाले रुद्रपुरका साथै सिंगो नेपालको गरिमा बढाएको भन्दै उत्साहित र गौरवान्वित भएका छन्।

तेरियाका बावु विजय रोजगारीको सिलसिलामा अरेवियन मुलुकमा कार्यरत भए पनि प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा समारोहमा सहभागी हुन शनिबार उनी भारत पुगेका थिए। दुई वर्षपछि समारोहमा छोरी तेरियालाई भेट्दा उनी भावविह्वल भएका थिए। उक्त अवसरमा तेरिया र उनकी आमा अनिता र बाबु विजयले मिलन र हर्षका आँसु बगाएका थिए।

तेरिया नृत्यमा मात्र नभई पढाइ र खेलकुदमा पनि अब्बल भएको परिवारले जनाएको छ। तेरियालाई हौसला बागेश्वरी संगीतालयका शिक्षक, परिवार, अभिभावक र शुभेच्छुक शनिबार पुने पुगेका थिए। तेरियाले सबैभन्दा बढी तीन करोड १२ लाख २१ हजार ५ सय १४ मत प्राप्त गरेको बताइएको छ। आफू नेपाली हुनुमा गर्व लागेको बताउने तेरियाले नायिका वा नृत्यकार बन्ने उद्देश्य लिएकी छन्।

 यसरी सहभागी भइन् तेरिया

परिवारका अनुसार तेरिया सानैदेखि नाच्न, गाउन अति रुचि राख्थिन्। जीटीभीको डीआईडी लिटिल मास्टर्स कार्यक्रम हेरेर आफूलाई त्यहाँ लैजान घरमा कर गरिरहन्थिन्। गत दुई वर्षदेखि उनले कार्यक्रममा ध्यान केन्द्रित गरेकी थिइन्। सुरुमा उनको इच्छालाई परिवारले वास्ता गरेको थिएन। जब उनले नृत्यमा जिल्ला र राष्ट्रियस्तरमा पुरस्कार जितिन् तव उनका हजुरबाबु कृष्णबहादुर फौजा मगरले नातिनीको चाहनाअनुसार बुटवलको बागेश्वरी संगीतालयमा नृत्य प्रशिक्षणका लागि भर्ना गरिदिए।

यस वर्ष जीटिभीको डीआईडी लिटिल मास्टर्समा सहभागी भई पहिलो पटकमै उपाधि जितेर सबैलाई चकित पारिदिएकी हुन्। सामान्य परिवारकी तेरियाको घरतर्फका हजुरबुवा भारतीय भूपूसैनिक हुन्। तेरियाकी आमा क्षेत्री र बाबु मगर हुन्। अनिता र विजयको अन्तरजातीय विवाह भएको हो। विजय र अनिता पनि गाउँमा कहलिएका नृत्य जोडी हुन्। तेरियाका लागि मुम्बई जानुअघिसम्म आमा अनिता स्थानीय भूपूसैनिक बोर्डिङ स्कुलमा भोजनालय सञ्चालन गर्दै आएकी थिइन्। उक्त स्कुलमा तेरिया कक्षा ६ मा पढ्ने गर्छिन्। फोटो साभार  ज्ञवा क्षेत्र गुल्मी



नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf