Home » » इजरायलमा कार दुर्घटनामा परेकी नेपाली महिलाको अवस्था अझै गम्भिर

इजरायलमा कार दुर्घटनामा परेकी नेपाली महिलाको अवस्था अझै गम्भिर

bishnu maya
bishnumaya


लमजुङ्, ३१ बैशाख- वैदेशिक रोजगारीको लागि इजरायलमा रहेकी एक नेपाली महिला गम्भिर घाईते भएकी छिन् । एक कारको ठक्करबाट उनि घाईते भएकी हुन् । आफ्नो कामको लागि बाटोमा जाँदै गर्दा, हिडिरेहेको बेला सडकको पेटीमै पुगेर एक कारले ठक्कर दिएको बताईएको छ । यो दुर्घटना जेरुसलिममा भएको हो । दुर्घटनाको खबर पाउना साथ चितवन समाज इजरायलका केहि साथी हरु अस्पताल तर्फ पुग्नु भएको थियो । चितवन समाज इजरायलका अध्यक्ष शान्ता ज्ञवाली अधिकारी र सदस्य प्रभा घिमिरेका अनुसार घाइतेको अवस्था अत्यन्तै गम्भिर र चिन्ताजनक रहेको छ । उनि कोमामा छिन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ भने करङको हाड भाँचिएर फोक्सो र कलेजोमा समेत गम्भिर चोट लागेको छ । उनको हदासा एन्केरेन अस्पतालमा उपचार भइरहेको छ । डाक्टरले उनको शरिरबाट अत्याधीक रक्तश्राव भइऱहेको जनाउदै अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् । घाईते काठमाण्डौको गंगवु निवासी विष्णुमाया आचार्य रहेको जनाईएको छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf